बैशाख २५, २०८१ मंगलबार

पिडा दबाएर जनताकै सेवामा तल्लिन रेणु



चितवन-भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले एकमात्र प्यारो भाई गुमाएको धेरै दिन भएकै छैन । पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी माइली छोरी समेत रहेकी दाहालको परिवारले प्रकाश दाहालको आकस्मिक निधनको पिडालाई चिर्दै जनताकै विचमा आफुलाई सम्माहल्ने कोशिस गरीरहेका छन ।

रेणुले पनि आफ्नो पिडालाई जनताकै विचबाट मथ्थर पार्ने कोशिस गर्दैछिन । शोकलाई शक्तिमा बदल्दै निर्वाचनमा होमिएको दाहाल परिवार अहिले पनि आ आफ्नै कार्यक्षेत्रमा व्यस्त छ । केही समय प्रचण्ड भरतपुरबाट उम्मेदवा्र भएका कारण रेणुपनि चुनाबी गतिविधीमै व्यस्त रहिन् । निर्वाचन सकिए लगत्तै उनी आफ्नो कार्यक्षेत्रमा व्यस्त हुन थालेकी हुन् ।

यसै अन्र्तगत भरतपुर महानगरपालिकाले सोमबारदेखि महानगर क्षेत्र सरसफाई अभियान सुरु गरेको छ । महानगरको आयोजनामा भरतपुरको गोन्द्राङमा भएको सरसफाई उद्घाटन कार्यक्रमलाई गर्दै महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई फोहोररहित सुन्दर शहरमा परिवर्तन गरिने बताइन् ।

महानगर प्रमुख दाहालले महानगर क्षेत्रमा संकलन हुने फोहोरलाई वर्गीकरण गरेर त्यसको व्यवस्थापन गरिने बताइन् । उनले फोहोररहित सुन्दर भरतपुरको परिकल्पना साकार पार्न हरेक घरबाट साथ र सहयोगको अपेक्षा गरिन् । घरबाटै कुहिने र नकुहिने फोहोरलाई छुट्याउन सके फोहोरको व्यवस्थापनमा सहयोग पुग्ने उनको भनाइ थियो ।

सरसफाई अभियान सुरु गरेपछि महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती रावलले एकसाथ सडकमा फालिएको फोहोर संकलन गरेर बोरामा राखेका थिए । उनीहरुसँगै भरतपुर महानगरका विभिन्न वडाका अध्यक्ष, कर्मचारी, विभिन्न टोल सुधार समितिका पदाधिकारी एवं सदस्य र सर्वसाधारण सरसफाई कार्यमा सहभागी भएका थिए ।


सरसफाई कार्यक्रममा स्थानीयसँग मिलेर सेना, प्रहरी, सशस्त्र प्रहरी र सामाजिक संघसंस्थाका प्रतिनिधिले सडक छेउको फोहोर टिपेका थिए । महानगरपालिका कार्यालयका कर्मचारी पनि सरसफाईमा सहभागी थिए । बोरामा संकलन गरिएको फोहोर महानगरपालिकाको फोहोर बोक्ने गाडीमा खन्याइएको थियो ।

भरतपुरको गोन्द्राङबाट सुरु भएको सरसफाई कार्यक्रम हाकिमचोक, चौबीसकोठी, लायन्सचोक, शहीदचोक, पुलचोक, मेनरोडहुँदै पोखरा बसपार्कमा पुगेर सकिएको थियो ।

सरसफाई कार्यक्रमलाई निरन्तरता दिँदै सुरुमा राजमार्ग र आसपासका क्षेत्र त्यसपछि भित्री सडक र नगरवासीको घरदैलोसम्म पु¥याइने महानगरपालिकाले जनाएको छ ।