बैशाख २५, २०८१ मंगलबार

‘हेडसर, जसले आफ्नै १३ वर्षिया छात्रालाई हैरान पार्छन्’



सिन्धुपाल्चोक – ज्याला मजदुरी गरेर पनि छोरीलाई पढाउन नसकेकी छोरीलाई घरको काममा सघाउन भन्दै छिमेकीले प्रस्ताव राखेपछि नोर्विका (नाम परिवर्तन)की आमा अलमल्ल परीन् ।

नपठाउँ भने आफैले पढाउन पैसा छैन, पठाउँ भने सानी बालिका, पढ्ने उमेरमा कसरी काम गर्न पठाउनु । पढाईदिने आश्वासन दिएर काठमाडौ त लगे तर छोरीको पिरले आमाको मन भतभती पोल्यो ।

गाउँमा गरीबीका कारण समस्या भएपछि उनी छोरीलाई घरमा ल्याएर पढाउन श्रीमानलाई अह्राएर उडिन् । भुमेस्थान आधारभुत विद्यालयमा ३ कक्षामा भर्ना भएर पढ्न थालेकी उनै नोर्बिकालाई अहिले भने विद्यालयमा हेडसरले गरेको ब्यवहारले दिक्क बनाएको छ ।

के हो घटना ?

ढिला भर्ना भएकोले उनी बहिनीसंग एउटै कक्षामा पढ्छन् । खाजा छुट्टी हुने बेलासम्म उनी बहिनीसँगै अघिल्लो बेञ्चमा बसेर खुसीसाथ पढ्छिन् । तर जव खाजा छुट्टि पछि कक्षा शुरु हुन्छ उनलाई कक्षामा जान मन लाग्दैन । कारण हो विद्यालयका प्रअ मोहन बहादुर भण्डारीले पछिल्लो बेञ्चमा राखेर जिस्क्याउन थाल्छन् ।

छर छिमेकमा नयाँ मान्छे आउने वित्तिकै नयाँ कुरा सुन्न चाँसो राख्छिन् । आमा विदेशीएको एक वर्ष भयो । बुबा अरुको घर बनाउने काम गर्न जानुपर्ने भएकोले परीवारले राम्रो ख्याल राख्न नसकेकोले निरन्तर पढ्न पाईनन् ।

आमा नहुँदा घरमा समस्या कस्तो हुन्छ भनेर उनले राम्रोसँग बुझेजस्तै गरी भाइ र बहिनीको निकै ख्याल राखेर आफु सगैँ विद्यालय लैजान्छिन् । बुबा ज्याला मजदुरी गरेर साझँ मात्रै घर फर्कने भएकोले घर भित्रको काम उनी आफै भ्याउँछिन् ।

यस्तै पिडाको बिचमा पनि अध्ययन गर्नका लागि भुमेस्थान आधारभुत विद्यालयमा भर्ना भईन तर उनलाई विद्यालय जान मन लाग्दैन ।

विद्यालयमा भर्ना भएदेखि नै भण्डारीले उनलाई संवेदनशील अंगमा समात्ने तथा परिक्षा दिइरहेको बेला समेत दुःख दिएको पीडित बालिकाको भनाई छ । ‘टिफिन समयपछि अंग्रेजी विषय पढाई हुन्छ । कक्षा ३ मा अध्ययनरत पीडीत बालिकाले भनिन्, ‘कक्षामा अगाडि बस्ने गरेको छु ।

तर शिक्षकले मलाई सबैभन्दा पछाडि लगेर राख्ने र कसैले नदेख्ने गरी त्यस्तो हर्कत गर्ने गरेका छन् ।’ सरले कक्षामा पस्नासाथ दैनिक क्रियाकलाप देखाउन भन्दै सबैलाई ठुलो स्वरले तर्साउने र विद्यार्थी आफ्नो काम गर्न थालेपछि सोही मौका छोपेर मेरो दिदीलाई संवेदनशील अंगमा समाप्ने गरेको पीडितकी बहिनी अनिशाले बताइन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मोहन पोखरेलले भने पीडित परिवारका सदस्यले उजुरी गरेको खण्डमा तत्काल पीडितलाई उद्धार गरी दोषीलाई कारवाही प्रक्रिया अगाडि बढाइने जानकारी गराए । सो विद्यालयका शिक्षक कुमार केसीले घटना सामान्य भएकाले मिलापत्र भएको बताए ।

परिवारको अवस्थाः

देख्दा हसिलो अनुहार चुलबुले स्वभावकी नोर्विका (नाम परिवर्तन) उनको घरछिमेकमा नयाँ मान्छे आउने वितिक्कै पछि लागेर केहि कुरा गर्छन् कि भन्दै चासो दिएर सुन्न थाल्छिन् । आमा विदेशीएको एक वर्ष वित्यो । उनका बुबा मजदुरी गर्दै परिवार पाल्न दैनिक अरुको घर बनाउने काममा खटिन्छन् ।

आमा ओमन र बुवा ज्यालामजदुरी गरेर जीवन विताइरहेकाले उनको परिवारले राम्रो ख्याल गर्न समय दिन सकेको छैन् । बैदेशिक रोजगारीमा आमा विदेश गएको उनलाई राम्रो ज्ञान छ ।

आमा नहुंदाको पीडाः

नोर्विका (नाम परिवर्तन) लाई थाहा छ, आमा नहुंदाको कस्तो पीडा हुन्छ भनेर । भाइ र बहिनी उनीसंगै विद्यालय जान्छन् अनि बुबा ज्यालामजदुरी गर्न । उनका बाबु सांझ मात्रै घर फर्कने गरेका छन् । पारिवारिक अवस्था कमजोर भएकै कारण उनले पटक–पटक विद्यालय छोडेर भुमेस्थान आधारभुत प्राथमिक विद्यालयमा दशैँअघि भर्ना भएकी थिइन् ।

अहिले भर्ना हुनु नै विद्यालय छोड्नुभन्दा ठूलो पीडा बनेको छ, उनलाई । विद्यालयमा भर्ना भएकै केहि समयपछि शिक्षकबाट लगातार यौन दुव्र्यवहार उनले सहनु पर्यो । यो कलिलो उमेरमा चोटिलो पीडा उनलाई सहनुको विकल्प पनि थिएन ।

भाइबहिनीसँग विद्यालय जान पाउंदा रमाएकी नोर्विका (नाम परिवर्तन) अहिले विद्यालयमै शिक्षकबाट यौन दुव्र्यवहारको सिकार बन्न पुगेकी छन् । पीडितकी बहिनी अनिशा भन्छिन्,‘दिदीलाई विद्यालयमा शिक्षकले गरेको यौन दुव्र्यवहार न त घरमा बुबालाई भन्न सके, न विद्यालयको शिक्षक शिक्षिकालाई ।

शिक्षकबाट पटक–पटकको यौन दुव्र्यवहारको सिकार भएकी मेरी दिदीलाई शिक्षिका सुनिता थापाले समेत थप पीडा दिएकी छन् । हामीले पीडा सुनाउँदा शिक्षिका थापाबाट झन गाली र हप्काई खानु पर्यो ।’

नोर्विका (नाम परिवर्तन) टिफिन समय अघिसम्म कक्षा कोठामा बसेर पढ्न मन लाग्थ्र्यो, जब टिफिन समय सकिएको घण्टी बज्थ्र्यो, त्यसपछि उनीमा निराशा छाउने गरेको थियो । त्यति मात्रै होइन, नोर्विका (नाम परिवर्तन)लाई विद्यालयमा भण्डारीले अंग्रेजी विषय नै नपढाए हुन्र्थो जस्तो लाग्छ ।

टिफिनको लागि घण्टी बज्ने वितिक्कै उनी फेरी तनाबमा हुने गर्थिन कि फेरी कतै शिक्षकले आफुलाई यौन दुव्र्यवहारको सिकार बनाउँछन् भन्ने डरले । शिक्षकको सो हर्कतबारे शिक्षिका सुनिता थापालाई बताउंदा उनले उल्टै झपारेपछि पीडित कमला थप निराश थिइन् ।

शिक्षकले सिमा नै पार गरेपछि उनले सो घटना आफ्नो फुपुलाई बताइन । त्यसपछि भण्डारीको यौन दुव्र्यवहार बाहिरियो । जब नोर्विका (नाम परिवर्तन)ले भोगेको सबै कुरा परिवारले थाहा पायो, त्यसपछि परिवारका सवै सदस्य तनाबमा देखिए । कमलालाई कसरी न्याय दिलाउने भन्ने सोचमा परिवार थियो तर अबस्था अहिले त्यस्तो छैन ।

उनीसंगै पढ्ने नोर्विका (नाम परिवर्तन)की बहिनीका अनुसार कक्षा कोठामै नोर्विका (नाम परिवर्तन)लाई शिक्षक भण्डारीले पछाडि लगेर कहिले स्तन समात्ने त कहिले योनाङग चलाउने तथा पुन्टि भन्दै बोलाउने गर्थे । उनले भनिन्,‘मैले शिक्षिका सुनिता थापालाई सरले दिदीलाई त्यस्तो व्यवहार गरे भन्दा उल्टै झपारे ।’

शिक्षकको यौन दुव्र्यवहार र शिक्षिकाले उल्टै झपारेपछि तर्सिएका उनीहरु अहिले विद्यालय जान छाडेका छन् । डरका कारण विद्यालय जान नसकेको र दिदीलाई सताएको पीडाले आफु पनि तर्सिएको बहिनीले सुनाइन् ।

घटना गाउँबस्तीमा फैलिएपछि….

सोही विद्यालयमा अध्ययनरत उनको भाइ ९ वर्षका छन् । दिदीलाई शिक्षकले यौन दुव्र्यवहार गरेको विषयमा बोल्ने भाइलाई पनि शिक्षक भण्डारीले पिटेको उनले सुनाइन् । विद्यालयमा भएको उक्त घटना गाउँबस्तीमा फैलिएपछि विद्यालय प्रशासनले कतै नभन्न भन्दै पीडित परिवारलाई दबाब दियो ।

घटना लुकाउन प्रशासनले दबाब दिएपछि स्थानीय सुनिल तामाङले शिक्षकको फोटोसहित फेसबुकमा पोस्ट गरे । तर उनलाई पनि स्थानीय राजनीतिक दलका प्रतिनिधि र विद्यालय प्रशासनले दबाद दिएर पोस्ट डिलिट गर्न लगाए । विद्यालयका सञ्चालक समितिका अध्यक्ष अहिले फरार छन् ।

उनीमाथि दशैँमा मदिरा सेवन गरी कुटपिट गरेको आरोप छ । विद्यालय प्रशासनले पीडितपक्षलाई दबाब दिदैँ मुद्दा चलाए निकै खर्च हुने भन्दै धम्क्याएर मिलापत्र गराउन बाध्य बनायो ।

पीडितकी फुपु रामकुमारी सुनवारले भनिन्,‘अहिले कुरा मिल्यो । एक पटकलाई माफि दिनु भने शिक्षक अनि समाजले ।’ तर करकाप र दबाबमा मिलापत्र भएता पनि पीडितको मानसिक अवस्था ठिक नभएको उनले बताइन् ।

दशैअघि भएको उक्त घटना पीडितले गत महिनामा परिवारका सदस्यलाई सुनाएपछि मात्र गत पुस २४ गते घटना मिलाउन भन्दै बैठक बसेको थियो । पीडित परिवारका अनुसार स्थानीयले शिक्षकलाई जोगाउन सवै लागिपरेका छन् ।

व्यवस्थापन समितिका सदस्य रत्नकुमारी तामाङले पीडितको पक्षमा बोलेपछि उनलाई समेत खबरै नगरी घटना गुपचुप बनाएको उनलको आरोप छ । त्यसो त, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नै कुटपिट तथा ज्यान मार्ने अभियोगमा फरार छन् ।

यस्तो छ पीडितको भनाईः

आमा विदेश गएपछि गाउँमा भाइ, बहिनी र बुवा मात्रै भएपछि काठमाडौंबाट फेरि गाउँमै पढाउने निर्णय भयो । त्यसपछि बुवाले गाउँमा ल्याउनु भयो । एक वर्षअघि आमा आर्थिक अभावकै कारण विदेश गएपछि भुमेस्थानमा मलाई दशैँ अगाडि भर्ना गरिएको हो ।

तर विद्यालय गएको केहि दिनपछि विद्यालयका मोहन सरले मलाई छातीमा समाएर हात तलमाथि गर्नुभयो । सरले त्यसो गरेपछि हात हटाउनु भन्दै अर्कोतिर फर्किए । तर, सरले अरु विद्यार्थीले देख्ने भन्दै सबैलाई दैनिक क्रियाकलाप निकाल र गृहकार्य नगरेकाले गर्ने भन्दै भुलाउंथे ।

त्यसपछि मलाई सरले त्यस्तो गर्नुहुन्थ्यो । सरको कारण उनले पहिलेदेखिनै शारिरिक र मानसिक समस्या भोग्नु परेको सुनाइन् । सरले गर्ने गरेको व्यवहार सहनै नसकेपछि परिवारलाई भनेको भक्कानिंदै सुनाइन ।