बैशाख १९, २०८१ बुधबार

विभिन्न आठ बिद्याका आठ महिला सम्मानित



काठमाडौ-मोतीदेबी स्मृति केन्द्र्रले १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउँदै आएका आठजना महिलालाई सम्मान ग¥यो ।

काठमाडौमा आयोजित एक समारोहका वीच भएको कार्यक्रममा प्रमुख अतिथि तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र संस्थाकी अध्यक्ष अष्टलक्ष्मी शाक्यले संयुक्त रुपमा महिलाहरुलाई सम्मान गरे ।

कार्यक्रममा सम्मानित हुने महिलाहरुमा राजनीतिक क्षेत्रबाट उत्तरा कोइराला, सामाजिक क्षेत्रबाट सुवर्ण केशरी चित्रकार, सामाजिक रुपान्तरणमा रामरति राम, कलाकारिता क्षेत्रबाट निशा शर्मा, पत्रकारिताबाट संगिता लामा, अपांगता तथा उद्यमबाट संगिता पन्त, खेलकुदबाट निरा कायस्थ र पर्वतारोहणबाट चुनु श्रेष्ठ रहनु भएको छ ।

कार्यक्रमको अध्यक्षता गर्दै संस्थाकी अध्यक्ष तथा नेकपा, एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले समतामूलक समाज निर्माणका लागि महिला एकता आजको लागि अपरिहार्य भएको बताइन् ।

निश्चित समयमा महिलाहरुमा देखिने विचलन, आत्मनिर्णयमा देखिने कमजोरीजस्ता समस्याले पितृसत्तालाई नै पृष्ठपोषण गरिरहेको उल्लेख गर्दै उनले आफूलाई पार्टीगत गुटले प्रदेश नं ३को मुख्यमन्त्री हुनबाट बञ्चित गरिए पनि आफ्नो नैतिक वल, कार्यगत क्षमतामा ह्रास नआएको उल्लेख गरिन् ।

कार्यक्रममा प्रमुख अतिथि झलनाथ खनाले महिला मुक्ति आन्दोलनको इतिहासको उल्लेख गर्दै नेपाली समाजमा जनवादी क्रान्तिको प्रक्रिया सम्पन्न गरेको र समाजवाद निर्माणको अभियानमा लागेको उल्लेख गरिन् । अबको आन्दोलनको नयाँ चरणलाई अझै उन्नत रुपमा अगाडि बढाउनु पर्ने, संविधानले शोषणका विरुद्ध लड्ने आधार दिएको हुनाले समाजमा भएको विभेद, पूर्वाग्रहविरुद्ध लड्नुपर्ने अवस्था रहेको उल्लेख गरिन् ।

पार्टी संस्थापक नेता पुष्पलालको “पार्टीमा गुटबन्दी हुनु भनेको महारोग हो” भन्ने कुरालाई संस्मरण गर्दै उनले पार्टीमा गुटको परिणाम राम्रो नहुने तर अहिले पार्टी, आन्दोलनमा गुटवदिता हुर्कदै गएको हुँदा पार्टीभित्र नै अन्तरसंघर्ष गर्नुपर्ने उल्लेख गरिन् ।

पार्टी एकताले नेपाली जनताको आकांक्षा सगरमाथा जस्तै चुलिएको अवस्थामा पार्टीमा एकता हुनुपर्ने उल्लेख गर्दै उहाँले मजबुत, लोकतन्त्रमा आधारित जिवन्त पार्टी बनाउनुपर्ने बताउनुभयो । महिला मुक्ति आन्दोलनमा देखिएका कमजोरीलाई सच्याउँदै पाँचवटा कार्यभारलाई ध्यान दिएर अगाडि बढ्नु पर्ने उहाँको राय थियो ।

पाँच वटा कार्यभारमा लोकतन्त्रको विकास, राष्ट्रियतालाई बलियो बनाउने, सामाजिक आर्थिक रुपान्तरणलाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्ने, सांस्कृतिक विविधतालाई रुपान्तरण गर्दै समृद्ध संस्कृतिको निर्माण, र विश्व सामु सन्तुलित ढंगबाट अगाडि बढ्नु पर्ने उहाँको विचार थियो ।

कार्यक्रमको सहजिकरण संस्थाका सचिव केशव पोखरेलले गर्नुभएको थियो भने संस्थाकी सदस्य गरिमा साहले स्वागत मन्तव्य दिनुभएको थियो ।