जेष्ठ ४, २०८१ शुक्रबार

हामी आफैं कमजोर भएका कि हामीलाई कमजोर बनाईएको ? : रोमी गिरी



काठमाडौ- शान्ति र विकासका लागि नेपाली युवा र खेलकुद भन्ने सिद्धान्तलाई जोड दिदैँ खेलाडी महिलाहरुले पनि विविध कार्यक्रम गरी एक सय आठौ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएका छन ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा संयुक्त राष्ट्रसंघकी पहिलो वक्ता तथा युवा नेतृ रोमी गिरीले बर्षौ देखी दिवस मनाएपनि महिलाहरुले पुर्ण अधिकार प्राप्त गर्न नसकेको बताइन् । उनले भनिन् अन्र्तराष्ट्रिय नारी दिवस हामी सबैले मनाउँदै आएका छौं । यो कुनै नौलो कुरा भएन,मार्च ८ शोषणबाट मुक्तिको महाभियानको शुरुवात भएको दिन हो । तर, अझै पनि नारीहरु पुर्ण अधिकारसम्पन्न भइसकेका छैनन ।

उनले नारी संसारका निम्ति महत्वपुर्ण सिर्जना भएको बताइन् । नारी विना सृष्टिको कल्पना पनि गर्न नसकिने गिरीको धारणा थियो । उनले नारी अधिकार कतिञ्जेल सम्म नारामा मात्र सिमित हुने भन्दै आक्रोश पनि पोखिन । उनले भनिन हाम्रो बोलीचालीको क्रममा भन्ने गरिन्छ, ‘आधा आकाश नारी आधा आकाश पुरुष हो’ यस्ता भनाईहरुको हामी कति दिन सम्म उखानमा मात्र सीमित हुने हो ?

नारीलाई किन सधैं कमजोर मात्रै ठान्ने परम्परा हावी गर्ने हो ? भन्ने प्रश्न गर्न मन लाग्छ हामी नारी आफैं कमजोर भएका कि हामीलाई कमजोर बनाईएको हो ? यो मेरो प्रश्न हो । हो, हामी सधैं नारीलाई कमजोर पात्रको रुपमा मात्र हेर्ने प्रवृति किन हावी हुन्छ? किन महिलालाई काम गर्न सक्ने छन भनेर उनीहरुलाई हौसला दिन यहाँ प्रायः मानिस हिचकिचाउँछन ?

यसरी महिलालाई सधै समस्याको रुपमा मात्र बनाउने हो कि महिलालाई पनि पुरुष सम्मान अधिकार, काम , कर्तव्य पूरा गर्न साथै शिक्षित बनाउने बाटोतर्फ उन्मूख गराउने ?गिरीले आगामी दिनमा महिलाहरु नेतृत्वका लागि आफैँ अग्रसर हुन पनि आग्रह गरिन् । उनले जीम्मेवारी अरुले दिएर ल्याउने भन्दा पनि आफ्नो हक अधिकारको लागि अगाडी बढ्नुपर्ने बताइन् ।