बैशाख १३, २०८१ बिहीबार

भारतीय छोरी कमला अमेरिकी राष्ट्रपतिको उमेदवार



वासिङ्टन – अमेरिकी सिनेटर कमला ह्यारिसले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनका लागि उमेदवारी घोषणा गरेकी छन् ।

उनी क्यालिफोर्नियाबाट प्रतिनिधित्व गर्छिन् ।  उनी डेमोक्र्याटिक पार्टीकी नेतृ हुन् । अमेरिकी मूल्य र मान्यताका लागि र आगामी दिनमा अमेरिका आफैँमा भर पर्नुपर्छ भन्ने पक्षमा उभिँदै आफूले राष्ट्रपतिका लागि उमेदवारी घोषणा गरेको बताएकी छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा राखेको भिडियो सन्देशमार्फत् उनले  सोमबार उमेदवारी घोषणा गरेकी हुन् ।

सान फ्रान्सीस्कोका लागि २००४ देखि २०११ सम्म दुई कार्यकाल जिल्ला प्रतिनिधि रहेकी उनी दुई पटक क्यालिफोर्नियाको आम निर्वाचनमा पनि भएकी थिइन् ।  

उनी भारतीय तामिल समुदायकी छोरी हुन् ।  अमेरिकाको राष्ट्रपतिय निर्वाचनमा उम्मेदवारीको घोषणा गर्ने क्रम पछिल्ला दिनमा बढ्दै गइरहेको छ । (एजेन्सी)