बैशाख १७, २०८१ सोमबार

संघीयता कार्यान्वयन गर्न तीन तहलाई संस्थागत गरौं-शशिकला दाहाल



काठमाडौ-राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले तीन तहलाई संस्थागत गर्ने बेला आएको बताइन् । उनले समामाजिक न्याय,सुशासन कायम गर्नका लागि तीन तहले आफ्नो अधिकार क्षेत्रलाई चिन्नुपर्ने बताइन् ।

राष्ट्रिय सभा अन्र्तगत रहेको राष्ट्रिय सरोकार तथा समन्वय समितिले तहगत राज्य संरचनाको बिषयमा समन्वय बिषयमा पाँच नम्बर प्रदेशको बुटवलमा आयोजित अन्र्तक्रियामा दाहालले यस्तो बताएकी हुन् । उनले तीन तहको सरकार बिचको समन्वय,सहकार्य र सहअस्तित्व हुनुपर्ने बताइन् ।

तहगत राज्य संरचनाको विषयमा समन्वयका लागि राष्ट्रिय सरोकार समितिले प्रदेश नं ५ मा प्रदेश र स्थानीय तहसँग गरेको छलफल कार्यक्रममा समितिका सभापति दिलकुमारी रावलले सरकार र जनताका बीचमा समन्वयका लागि समिति बनाएको जानकारी गराइन् ।