बैशाख २५, २०८१ मंगलबार

मेयर सत्तापक्ष र उपमेयर प्रतिपक्ष हुन सक्दैन-रेणु दाहाल



काठमाडौ-भरतपुर महानगर प्रमुख रेणु दाहालले एउटै सत्तामा रहेका मेयर र उपमेयर पक्ष प्रतिपक्ष नहुन नसक्ने बताएकी छिन् । विहीबार भरतपुर २१ पार्वतिपुको बहुबर्षीय आयमूलक भवनको शिलान्यास गर्दे प्रमुख दाहालले उक्त कुरा बताउनु भएको हो।

दुईदिन देखि सामाजिक सञ्जाल र पत्रपत्रिकामा बिषेश गरि उपप्रमुख पार्वती शाह र महानगरको बिषयमा चर्चा चलेको भन्दै आफूले महानगरका कुनै पनि योजना तथा छलफलमा पुर्वाग्रह र वेवस्ता नगरेको प्रष्ट्याइन् ।

दाहालले संघिय संसद र प्रदेस संसदमा पक्ष र प्रतिपक्ष हुने भएपनि स्थानीय तहमा पक्ष र विपक्ष हुनै नसक्ने बताएकी हुन् । उनले सरकारका मन्त्री मण्डलमा पनि प्रधानमन्त्री र उपप्रधानमन्त्री पक्ष बिपक्ष नहुने भन्दै स्थानीय सरकारमा आफुहरु दुई जना मेयर र उपमेयर संगै भएकोले आफुहरु पक्ष र प्रतिपक्ष नहुने बताइन् ।

दाहालले सामाजिक सञ्जालमा आए जस्तो आफुहरु बिच मतान्तर नभएको बताइन् । उनले भनिन्—“यो कर्मचारी संगको बिषय हो नयाँ परिवेशमा नयाँ सरकार सञ्चालनको नयाँ अभ्यासमा काम गर्दै जाँदा नयाँ ढंगले अगाडि बढ्दै जानु परेकोले जटिलता र चुनौती थपिएको र केही समस्याहरु पनि रहेकोले यसलाई नबल्झाइ , नतन्काइ मिलेर समाधान गर्न आफू सदैव तयार छु ।”