चैत्र १५, २०८० बिहीबार

महिला फुटबलको वरियतामा नेपाल पाँच स्थान उक्लियो, पुग्यो १०३ औँ स्थानमा



काठमाडौं- विश्व फुटबल महासंघ-फिफाले जारी गरेको महिला फुटबलको पछिल्लो वरियताक्रममा नेपाल पाँच स्थान माथी उक्लिएको छ। नेपाल एक सय ३ औँ स्थानमा रहेको छ।

दक्षिण एसियाका टोलीमध्ये भारत ६३ औँ, बंगलादेश १२७ औँ स्थानमा, श्रीलंका १३४ औँ स्थानमा,मालदिभ्स १३६ औँ स्थानमा र  भुटान १५० औँ स्थानमा छ। एसियाली टोलीमध्ये अस्ट्रेलिया छैटौँ र जापान सातौँ स्थानमा छ।

विश्व वरियताक्रममा अमेरिका पहिलो र जर्मनी दोस्रो स्थानमा छ। एक स्थान माथी उक्लिएको इङ्ल्यान्ड तेस्रो र एक स्थान तल झरेको फ्रान्स चौथोमा छ।

नेपालले केही साता अघि सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ-साफ महिला च्याम्पियनसिपमा दोस्रो स्थान हात पारेको थियो। प्रतियोगिता भारतले जितेको थियो।