बैशाख १, २०८१ शनिबार

मायाँले राखिन् जुगल हिमालमा पहिलो मानव पाइला



काठमाडौंबाट प्रष्टसंग देखिने जुगल हिमालमा पहिलोपटक महिलाको मानव पाइला परेको छ ।

६ हजार १ सय ५१ मिटर अग्लो सो शिखर मायाँ गुरुङ नेतृत्वको आरोहण दलले पहिलो पाइला टेक्न सफल भएको हो ।

हिमाल आरोहण गर्नेहरुमा शर्मिला थापा, प्रेम गुरुङ मिलन तामाङ लगायत छन् ।

टोलीको नेतृत्व गरेकी मायाँ गुरुङ सगरमाथा आरोहीपनि हुन्। केही बर्षअघि महिला पत्रकारसहितको टोलीसँग उनले सगरमाथाको सफल आरोहण गरेकी थिइन्।

जुगल हिमाल सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पर्छ। ७ वटा हिमसृङ्खलाको समूहरुको रुपमा रहेको जुगलको सबैभन्दा अग्लो चुचुरो चाहिँ ‘पूर्व ज्योज्यो’ नामक शिखर हो।

विश्वको सर्वोच्च शिखर रहेको नेपालमा सयौँ हिमशिखर रहेका छन्। तीमध्ये अधिकांस शिरखमा अहिलेसम्म मानव पाइला परेको छैन।

त्यसमध्ये जुगल हिमाल पनि एक थियो।

तर, मंगलबार सिन्धुपाल्चोके टोलीले गरेको आरोहणसँगै जुगल पनि आरोहण भएको हिमालको पंक्तिमा परेको छ।