जेष्ठ ५, २०८१ शनिबार

जग्गा देखाएर १५ जनाबाट ३३ लाख ठग्ने महिला पक्राउ




स्याङ्जा – स्याङ्जामा ३३ लाख ठगी आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

जग्गा बेच्ने भन्दै १५ व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले पुतलीबजार नगरपालिकाकी सुनीता थापालाई पक्राउ गरेको हो।

थापाका नाममा पुतलीबजार नगरपालिका–३, आम्बोटमा सडकले छोएको मूल्यवान घरसहितको जग्गा दिउँला भनी विभिन्न समयमा रकम लिएको आरोपमा यही वैशाख १० गते पीडितले प्रहरीमा जाहेरी दिएका थिए।

१५ जनाबाट ३३ लाख ३९ हजार ठगी गरेको जाहेरीमा उल्लेख गरिएको छ।

जाहेरीका आधारमा सुनीतालाई पक्राउ गरी थप अुनसन्धानका लागि स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहको स्याङ्जा प्रहरीले जनाएको छ।