बैशाख १७, २०८१ सोमबार

मत गन्ने बेला दुई बर्षपछि आउँदैछ:पाण्डे



काठमाडौ-नेकपा नेतृ तथा सांसद विन्दा पाण्डेले पत्येक पाँच बर्षमा मत गन्नुपर्ने अवस्था आउँछ भनेर बिर्सन नहुने बताएकी छन् । पाण्डेले नेकपा भित्रको आन्तरिक विवादलाई इकित गर्दे निर्वाचन आउन बाँकी दुई बर्ष रहेको बताएकी हुन् ।

उनले नेपाली जनताले सहजतापूर्वक पूर्ण अवधीको सरकार देख्न पाउने कहिले ? भनेर नेतृत्वलाई प्रश्न समेत गरेकी छन । पाण्डले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कमीकमजोरी नभएको कुनै पनि व्यक्ती नहुने बताएकी छन् । त्यसका लागि सुधारको बाटो भनेको आलोचना वा आत्मआलोचना भएको बताएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस जस्ताको तस्तै :

नेपाली जनताले सहजतापुर्वक पूर्ण अवधीकाे सरकार देख्न पाउने कहिले ? एकपटक समिक्षा गर्ने की ?
– २००७ सालदेखि प्रणाली फेर्न सदा एक ठाउ, प्राप्तीपछी आपसमा संधै खिचातानी ।
– २०६४ देखि वर्तमानसम्म हेर्दा पनि पद र शक्ती, सहजता र दुरी देखे-भाेगे कै हाे।
– काे कति पानीमा छाै ? कार्यकर्ता, नागरिक र पक्ष-विपक्षी सवैले वुझेकै हाे ।
– कमी नभएकाे मानिस हुदैन। सुधारकाे वाटाे आलाेचना-आत्मालाेचना पनि सिकेकै हाे।
– मत गन्ने हरेक पाच वर्षमा हाे र त्याे वेला दुइ वर्षपछि आउदैछ पनि जानेकै हाे ।
– काेराेनाकाे कहरमा दुखेकाे घाउ मत दिने वेला नागरिकले याद गर्नेछन वुझेकै हाे।
– दुनियामा निर्विकल्प काेही छैन । तर, समय र सन्दर्भले यसकाे तय गर्छ जानेकै हाे ।
– विधि, विधान, प्रक्रिया र जनमतकाे सम्मान गर्नुपर्छ भन्दै आएकै हाे।
– यसर्थ अहिले वाहिर हिलाे छ्यापछ्याप गरेर वातावरण दुषित नवनाउ ।
– आत्म समिक्षा गर्दै एकार्काकाकाे कमी र सवल पक्ष चिनाै, स्विकाराै र सच्चिऔ
– सिंगाे पार्टी पंक्ती र नागरिककाे अपेक्षा र समस्याकाे निकास त्यसैमा छ।
– राजनीतिक शुद्धता र प्रणालीकाे विकास गर्दै नेतृत्वकाे मर्यादा पनि यसैले राख्छ।
– यसर्थ, आपसमा हाेइन काेराेना विरुद्ध लड्ने वलार्जनमा लागाै ।