बैशाख २५, २०८१ मंगलबार

बाढी पिडितलाई ओत बन्दै मेयर दाहाल



काठमाडौँ – शनिवार एउटा तस्बिर एकाएक भाइरल बन्यो । धेरैले सामाजिक संजालमा ‘फोटो अफ दि इयर’ भनेर पोष्ट पनि गरे । भाइरल भएको त्यो तस्बिर हो, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले बाढी पिडित बस्तीमा पुगेर त्यहाँकी एक  बृद्धा महिलालाई छाता ओढाएर ओत दिदैँ गरेको  ।

शनिवार नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष तथा दाहालका बुवा पुष्पकमल दाहाल ‘प्रचण्ड’ भरतपुर महानगरपालिका २७ र २८ को सीमाक्षेत्रमा शुक्रबार बाढीले भत्काएको बाँधको अवलोकन गर्न चितवन पुगे । दाहाल संगै रेणु पनि बाढी पिडितलाई भेट्न त्यहाँ पुगिन् । बाढी पिडितलाई भेट्न र उनीहरुका कुरा सुन्न त्यहाँ पुगेकी दाहालले आफैँले छाता ओढाएर बाढी पिडित महिलाका गुनासा सुनेकी छन् ।

आम नागरिकमा राजनितिक नेतृत्वले गर्ने असोभनिय क्रियाकलापले बितृष्णा जागिरहेका बेला भरतपुर महानगरपालिकाकी मेयर तथा नेकपा नेतृ दाहालको भाइरल भएको तस्बिरले आशाका किरण छरेको छ ।

सामाजिक संजालमा उनको प्रशसा भएको छ । निराजन पाण्डेले  जनताको छोरीको कर्तव्य निर्वाह गर्न सकेकोमा गर्वको अनुभती भएको बताएका छन् । उनले सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै यसो भनेका छन् ।

‘जनताको सुख र दुःखमा दाहाल परिवार पुर्व प्रधानमन्त्री र ने क पा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र भरतपुर महानगरपालिका मेयर रेणु दाहाल सालिन मेयर र जनताको छोरीको कर्तव्य छाता आफूले एउटा आमालाई ओडार अवलोकन,गर्वको अनुभुति गराउनु भो दिदी ‘ ।

अर्का सामाजिक संजाल प्रयोगकर्ता  युवराज केसीले नेतामा हुनुपर्ने गुण भन्दै खुसी व्यक्त गरेका छन् ।

उनले लेखेका छन्  ‘नेतामा हुनुपर्ने गुण जनताका नेता सलाम छ रेणु दिदी’ ।