बैशाख १४, २०८१ शुक्रबार

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा.दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि



काठमाडौँँ- प्रधामन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक तथा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमकी डीन तथा प्रा डा दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।

विगत ४ दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र थकान महसुस भएपछि  पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको डा.शाहले बताइन्।

शाहले निरन्तर आफ्नो काममा खटिएका कारण धेरै व्यक्तीसंगको सम्पर्कले कोरोना सक्रमण भएको हुन सक्ने बताइन् ।
उनी वरिष्ठ मिर्गौला रोग विशेषज्ञ हुन्।