बैशाख २५, २०८१ मंगलबार

म पेट थिचेर बेस्सरी रुन्छु ! प्रिय,तिमी बुझ्छौं महिनावारीको पीडा ?



म पेट दुखेर छटपटाइ रहेकी हुन्छु
पेटलाई थिचेर बेस्सरी रुन्छु,
तर तिमीलाई नाटक लाग्छ
हे ! पुरुष तिमी के बुझ्छौ पीडा महिनावारी को ?

यो छुनुहुन्न त्यो छुनुहुन्न
यहाँ जानुहुन्न त्यहाँ जानुहुन्न भन्छौं
मन लागे नजिक नत्र टाढा बन्छौं,
कतिखेर त भन्छौं घिन लाग्छ
हे ! पुरुष तिमी के बुझ्छौं पीडा महिनावारी को ?

रगतको खोलो बगिरहेको हुन्छ
हृदय संगै आँखा रोइरहेको हुन्छ
मलाई आराम चाहिन्छ तर कहाँ पाइन्छ र ?
हे! पुरुष तिमी के बुझ्छौ पीडा महिनावारी को?

मायाले दुई चार शब्द बोलिदेउ न प्रिय
त्यो रिसमा पनि प्रेम घोलिदेउ न प्रिय,
तिम्रो बोलीले मात्र पनि ओखतिको काम गर्छ
हे! पुरुष बुझिदेउ न पीडा महिनावारी को !!