बैशाख ११, २०८१ मंगलबार

फेसबुके बिरोधले महिला हिँसा रोकिँदैन



       मुना खड्का

मानिस १– सामाजिक संजालमा पोस्ट्याउदै, अबपनि कालो प्रोफाइल राखेर महिला हिसांको बिरोध गरेनौँ भने, तिमीले कहिल्यै मेरो सम्मान पाउने छैनौँ।

मानिस २– त्यस्तो कालो प्रोफाईल राख्दैमा न्याय पाउने भए, म सधै कालो प्रोफाइल राख्थे। यो सब हावादारी कुरा हो।

आजभोली सामाजिक संजालमा यस्ता थुप्रै अभिव्यक्ति देख्न पाईन्छ। कालो प्रोफाइल राख्ने न्याय प्रेमि र नराख्ने न्याय बिरोधि भन्ने खाल्का तर्क समेत देख्न सकिन्छ।के बास्तब मै त्यस्तो हो त?

बलात्कारको परिभाषा

सामान्य रुपमा बलात्कार भन्नाले एक किसिमको यौन आक्रमण हो जसमा अर्को व्यक्तिको सहमति हुदैन | कानुनी रुपमा बलात्कारको अपराध असहमत यौन संभोगलाई जनाउँछ जुन शारीरिक बल, चोटपटकको धम्की वा अन्य जबरजस्ती द्वारा गरिन्छ। मुलुकी ऐनको महल-१४ जबर्जस्ति करणीमा प्रस्ट साथ महिलाको मन्जुरी नलिई करणी गरेको वा जबर्जस्ति करणी गरेमा महिलाको उमेर हद हेरि सजाए तोकिएको छ।

नेपालमा बलात्कारको सजायँ

बलात्कारको मुद्दामा दोषिलाई दिने सजायको व्यबस्ता यस प्रकार छन्;

बालिकाको हकमाः

-१० वर्ष मुनिको बालिका बलात्कार भएमा दोषिलाई जन्मकैदको सजाय हुन्छ।

-१०, ११, १२, र १३ वर्षकी बालिका बलात्कार भएमा दोषिलाई १८ बर्षदेखि २० वर्षसम्मको कैद सजाय हुन्छ।

-१४ र १५ वर्षकी बालिका माथि बलात्कार भएमा दोषिलाई १२ वर्ष देखि १४ वर्ष सम्मको कैद सजाय हुन्छ।

-१६ र १७ वर्षकी बालिका माथि बलात्कार भएमा दोषिलाई १० वर्षदेखि १२ वर्ष सम्मको कैद सजाय हुन्छ।

-१८ वर्षकी बालिका माथि बलात्कार भएमा दोषिलाई ७ वर्ष देखि १० वर्ष सम्मको कैद सजाय हुन्छ।

महिलाको हकमाः

-१८ बर्षभन्दा बढी उमेरकी महिला भएमा दोषीलाई ७ वर्ष देखि १० वर्षसम्मको कैद सजाय हुन्छ।

यसैगरी अशक्त, अपाङ भएको वा ७० वर्षभन्दा माथि उमेरका महिलालाई बलात्कार भएमा दोषिलाई जन्मकैदको सजाय हुन्छ।

तथ्याङ्क

World population review अनुसार लगभग ३५% महिलाहरूले आफ्नो जीवनकालमा यौन उत्पीडनको कुनै न कुनै प्रकारको अनुभव गरेका हुन्छन् र त्यसमध्य यौन हिंसाको अनुभव गर्ने भन्दा ४०% भन्दा कम महिलाले सहयोग खोज्छन् र १०% भन्दा कम कानुन प्रवतर्नबाट मदत लिन्छन्।

संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) का अनुसार २० वर्ष मुनिका कम्तिमा १२ करोड महिलाहरु (प्रत्येक दशमा एक जना) यौन दुर्व्यवहारको सिकार भएका छन् र लाखौं पुरुषहरु समेत यौन दुर्व्यवहारको सिकार भएका छन् , तर उनीहरूले दुव्र्यवहारको बारेमा कुरा लुकाउने गरेको तथ्याङ्कले देखाउछ।

त्यस्तै गरी, “बाल यौन दुर्व्यवहारको बारेमा वैश्विक परिप्रेक्ष: विश्वव्यापी रूपमा व्याप्त मेटा-विश्लेषण” शीर्षक भएको एक रिपोर्ट अनुसार १८ प्रतिशत महिलाहरू र ८ प्रतिशत पुरुषहरु आफ्नो बाल्यकालमा यौन दुर्व्यवहार भोगेको पाइएको छ।

आर्थिक बर्ष २०१८/ १९ मा बलात्कारका २ हजार २ सय ३० घटना र ७ सय ८६ बलात्कार प्रयासहरू रेकर्ड गरिएका छन् भने नेपाल प्रहरीको  तथ्याक अनुसार आर्थिक बर्ष २०१७/१८ मा १८ सय ४० बलात्कार र ७ सय २७ बलात्कार प्रयास भएका छन्।

अघिल्लो आर्थिक वर्ष २०१९ २० मा बलात्कारका २१ सय ४४ घटनाहरू र ६ सय ८७ बलात्कार प्रयासका घटना रेकर्ड गरिएको छ जहाँ अधिकांश पीडितको उमेर १८ भन्दा न्युन रहेको छ।

नेपाल प्रहरीको रेकर्ड अनुसार २०१५/१६ मा १०० प्रतिशत, २०१६/१७ मा ८५.३१ प्रतिशत र २०१७/१८ मा ९९.५९ प्रतिशत घटनाहरु समाधान भएका थिए।

महिला मात्र बलात्कृत हुन्छन्?

हाम्रो समाजमा बलात्कार भन्ने बित्तिकै महिलालाई पिडित र पुरुषलाई पिडकको रुपमा लिईन्छ। अन्तराष्ट्रिय परिपक्षमा हेर्ने हो भने महिला र पुरुष दुबै बलात्कारको शिकार भएको पाउन सकिन्छ। नोभेम्बर २८, २०१६ द एट्लान्टिकमा प्रकाशित The Understudied Female Sexual Predator नामक लेखलाई आधार मान्ने हो भने, बिश्वमा महिलाले नै महिलाई योन शोषण गरेको तथ्याङ्कले देखाउछ। नेसनल क्राइम भिक्टिकाईजेसन सर्भेका अनुसार २०१० देखी २०१३ सम्मको तथ्याङ्कमा २८% पुरुषहरु महिलाद्दारा यैन शोसणको सिकार बनेको देखाउछ।

त्यस्तै महिलाले ४% महिलालाई नै शोषण गरेको समेत तथ्याङ्कले देखाउछ। महिला शोषणको बिषयलाई अनुसन्धान कर्मिले समेत गम्भिर्ताका रुपमा लिएको पाईन्छ भने पुरुष पिडितको हकमा भने केहि लच्कता देखिन्छ। पुरुषाको पक्षमा भने यस्लाई पुरुषार्थको बिषय बनाईन्छ। बलात्कारलाई लिङ्गसगँ जोड्नु सम्पुर्ण समाजको गल्ति मान्न सकिन्छ। तथ्याङ्क अनुसार जबरजस्ति लिङ्ग प्रवेश गराउनेमा महिला कम देखिएतापनि अन्य शारिरिक शोसणमा महिला पिडक भने कम छैन्न।

Male Rape: The Silent Victim and the Gender of the Listener नामक लेखलाई आधार मान्दा ४ याै हिन्साका पिडित पुरुषले आफुँ पिडित भएको कुरा कुनै पनि कानुनि निकाएका दर्ता नगराएको उनिहरुका मनोचिकित्सकद्वारा खुलाइएको छ। मुख्यत शैनिक निकायहरुमा पुरुष हिसां चरम हुने कुरा समेत यस लेखमा उल्लेख गरिएको छ।यस्ले अधिकाशं पुरुषले आफु पिडित भएको कुरा लुकाउने कारणले पुरुष यैन हिसांको बिषय ओझेलमा परेको बुझ्न सकिन्छ।

नेपालको परिप्रेक्ष

नेपालको परिपक्षमा भने बलात्कारको सिकार महिला नै बढि देखिन्छन्। माथी उल्लेख गरिएका तथ्याङ्कले समेत महिला पिडित भएको प्रष्ट देखाउछ। तर विश्वजगतमा जस्तै पुरुष पिडित भएरपनि पुरुषार्थको बिषय उठ्ने कारणले आवाज उठाउन नसकेको भन्ने कुरालाई समेत नजरअन्दाज गर्न सकिदैन।

वर्तमान परिपक्षमा निर्मला पन्त, सम्झना बि.क लगाएतका बलात्कारका घटनाले नेपाली समाज निकै आक्रोसित देखिएको छ र बलात्कारीको लिङ्ग बिछेद गर्ने, फासीको सजाए दिने जस्ता मागहरु राख्दै सामाजिक संजाल र सडकमा समेत मानिसहरु आवाज उठाउन थालेको देखिन्छ। कानुनमा नै नभएको कुराको माग गर्दै सामाजिक संजालमा आवाज उठाउने कुराको पनि चर्को आलोचना भने देख्न सकिन्छ।

नेपालको संविधानको धारा १६(१ र २) ले नेपालको प्रत्येक नागरिकालाई सम्मान पुर्वक बाच्न पाउने हक दिएको छ र कसैलाई पनि मृत्यु डन्ड दिइने छैन भन्ने कुरा उल्लेख गरेको छ। त्यसैले ह्याङ द रेपिस्ट भन्ने ह्यासट्याग सामाजिक संजालमा लेख्ने कुरा संविधान बिरुद्द र आक्रोश पोख्न मात्र भनिएको रुपमा व्याख्या गर्न सकिन्छ।

यस लेख लेख्ने क्रममा बिभिन्न क्षेत्रमा आवद्द व्यक्तित्वहरुको बलात्कारको घटना दिनहुँ बढ्नुका पछाडिका कारणमा आफ्नो धारणा राख्न अनुरोध गरिएको थियो।

विशाल जि.सी –प्रहरी सहायक निरीक्षक

बलात्कारका घटना घट्नुमा जुनसुकै दृष्टिकोणबाट अध्ययन अनुसन्धान भएपनि सार भने एउटै छ, महिलालाई अवला देख्ने र पुरुषले आफुलाई बाहुबली ठान्ने अनि महिलालाई यौन प्यास मेट्ने माध्यम ठान्ने पितृसतात्मक मान्यता नै प्रमुख कारण हो।बलात्कार गर्ने पुरुषमा जव सम्म व्यक्तित्व विकार हुदैन, यौन विचलन आउदैन, सेक्सुअल सेडिज्म हुदैन, यौन दुव्र्यवहार गर्नु अपराध हो भन्ने अनूभूति गर्दैन, बलात्कार सामाजिक कलङक हो भन्ने बुझ्दैन, यो महिलामाथि हुने हिंसा र बर्बरता हो भन्ने विषयलाई मिथ्या भन्छ तबसम्म समाजमा बलात्कारका घट्ना भइरहन्छन् ।

रिजन सिलवाल -कानुनको विद्यार्थी

मेरो बिचारमा बलात्कार बढ्नुमा सङ्गियताको ठुलो भुमिका रहेको छ। जब राजनितिक शक्ति गाँउ-गाँउमा पुगे, तब स्थानिय नेताहरुको सक्रियता निकै बढेको छ र तिनका वरपर हिड्ने गाउँमा टोले गुन्डा र कानुन बिपरितका कामगर्नेहरुले राजनितिक सम्रक्षण पाउन थाले। त्यसले उनिहरुको हिम्मत बढेको र आफु राजनितिक सम्रक्षणका आडमा रहेको कारण बलात्कार नै गरेपनि मिलापत्र हुन सक्ने भरोसा भएकै कारणले बिगतका केहि बर्षमा बलात्कारको घटना बढेको पाईन्छ। त्यस्तै ग्रामिण क्षेत्रहरुमा प्रहरीको पकड त्यत्ति दरिलो नभएको र स्थानिय प्रतिनिधिकै सङ्लग्नतामा मै बलात्कारजस्ता घटना मिलापत्र गरिने भएकाले बलात्कार बढेको हुन सक्छ।

लोक बहादुर शाह- अधिवक्ता

बलात्कार बढ्नुमा कुनै एक कारणलाई मात्र दोषारोपण गर्नु उचित नहोला। यस्का थुप्रै कारण औँल्याउन सकिन्छ।

१) आजभोली ठुलो युवा जमात मुख्यत बेरोजगारीका कारण लागुपदार्थ र मदिराको कुलतमा फसेका छन्। यस्ता लागुपदार्थले मानिसको सहि गलत छुट्याउने शक्ति न्युन गराउने भएकाले बलात्कारको घटना बढेको हुन सक्छन्। साथै मुलुक नै बन्दाबन्दिको अवस्थामा रहेको हुदाँ नशाको खोजिमा रहेकाले छट्पट्टि र आवेगमा यस्तो घटना निम्ताएको समेत अनुमान गर्न सकिन्छ।

२) समयसगैँ मानिसमा नैतिकता घट्दै गएको छ। बुबा, आमा, छोरा, छोरी, काका, काकी आफन्तमा हुनुपर्ने नैतिक धरातल कमजोर भएकाले आफ्नै परिवारमा समेत बलात्कारको घटना अघि आएका छन्।

३) अपराधमा राजनितिकरण आजको मात्र बिषय हैन।आजभोली राजनितिक हस्तक्षेप निकै बढेको र बलात्कार जस्ता अपराधमा समेत राजनितिक हस्तक्षेपका कारण राजनितिक पहुच पुग्ने अपराधि कानुनद्वारा डन्डित नहुने प्रवित्तिले समेत बलात्कारका घटना बढेको पाइन्छ।

४) ग्रामिण भेगहरुमा शिक्षाको अभाब र चरम गरिबिमा कारण समेत गरिबहरुको शारिरिक शोसण बढेकोपनि बलात्कारको बढ्दो घटनाको एक कारण मान्न सकिन्छ। त्यस्तै परम्परागत मिलापत्र गर्ने प्रवित्ति समेत हावि भएकाले बलात्कार गरेपनि गाउँसमाजले मिलापत्र गराउने बिश्वासका कारण समेत बलात्कारको घटना बढेको पाईन्छ।

५) साथीभाईको लहलहिमा लागेर सामुहिक बलात्कार गर्ने घटनाहरु थुप्रै सार्वजनिक भएका छन्। गलत सङ्गत पनि बलात्कार निम्ताउने कारण बनेको पाईन्छ।

बलात्कार एक जगन्य अपराध हो र यस्तो अपराध गर्नेलाई कानुनी कठ्घरामा उभ्याउनु नै न्यायीक हुन्छ। नेपाल जस्तो बिकास उन्मुख देशमा न्याय निकै महङ्गो साबित भएको छ। प्रहरी, प्रशासन, न्यायलय, कानुन व्यवसायी, सबैको सानो सानो हेलचक्राईका कारण आज हजारौ अपराध घटिरहेका छन् र ति मध्य बलात्कार आजभोली निकै बढ्दो छ। त्यसकारण बलात्कारलागी पुरुष दोषि, महिला दोषि वा प्रशासन दोषि भन्दै दोषारोपण गर्नु भन्दा सबैले कानुन कार्यन्वायनमा आफ्नो भुमिका राम्रोसगँ निभाए यस्ता घट्ना अवस्य पनि न्युन हुनेछन्। कुनै राजनेताको मुद्दामा पँचासौ वसिष्ट अधिबक्ताहरु न्यायको कस्रत गरेको देखिन्छ तर निकै कम न्याय प्रेमीहरु बलात्कारको मुद्दाका त्यत्ति चासो राख्छन्। नेपालमा बलात्कार जस्ता अपराधको सजाय माथि उल्लेख गरे जस्तो निकै कठोर छ तर फितलो प्रशासन र न्यायपालिकाका कारण सबै अपराधि कानुनको दायरामा छैन्न भन्ने कुरा आजको नेपाली समाजले दर्साउछ। तसर्थ फेसबुके बिरोध भन्दा व्यवहारमा परिवर्तन ल्याय मात्र यस्ता अपराध न्युन हुन सक्छन्।

(लेखक कानूनकी विद्यार्थी हुन्  )