बैशाख १२, २०८१ बुधबार

यी पाँच कारणले गर्दा विवाह गरेकोमा पछुताउछन् महिला



काठमाडौँ- बिबाह त्यस्तो प्रक्रिया हो, जसले अलग परिवारका दुई विपरीत लिङ्गी व्यक्तिलाई एक सूत्रमा बाँध्छ र यो सामाजिक, धार्मिक तथा कानूनी रुपले मान्य हुन्छ । महिला तथा पुरुष विभिन्न आर्थिक वा सामाजिक कार्यमा सहभागी बन्नु, यौन सम्बन्धमा संलग्न हुनु तथा यौन इच्छाको परिपूर्ति र यौन सन्तुष्टि प्राप्त गर्नु, सन्तान उत्पत्ति गर्नुकासाथै तिनको लालनपालन एवं सामाजिकीकरण गर्नु विवाहको प्रमुख कार्य हो ।

विवाह स्त्री र पुरुषबीच बलियो सम्बन्धको गाँठो स्थापित गराइ पारिवारिक जीवनमा प्रवेश गराउने एक सामाजिक प्रक्रिया हो ।
विवाह हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण फैसला हो, जुन सोच विचार गरेर मात्र लिनु पर्दछ। धेरै जसो महिला विवाहपछि नयाँ परिवेशमा आफूलाई लैजाने गर्दछन्।

यसमा धेरै जसो महिला यस्ता हुन्छन्, जसले पछि गएर आफूले गरेको फैसलामा पछुतो मान्ने गर्दछन्। कुनै समय त महिलाहरुलाई विवाह गरेकोमै पछुतो हुने गर्दछ। विवाह पछि अधिकांश महिलाले झेल्नुपर्ने दवावका बारेमा यसरी व्याख्या गर्न सकिन्छ ।

सेल्फ टाइम : वाहपछि महिलाले पतिसँग सँगै परिवारलाई पनि समय दिनु पर्ने हुन्छ। उनीहरुमाथि यति धेरै जिम्मेवारी आउने गर्दछ की उनीहरु आफूलाई समय दिन पाउँदैनन्। जसबाट दिक्क भएर उनीहरुमा विवाह गरेकोमा कहिलेकाही पछुतो मान्ने गर्दछन्।

पर्सनल स्पेश :  हर कोहीको जीवनमा पर्सनल स्पेश आवश्यक हुने गर्दछ। यदी हामीले विवाहको कुरा गरौँ भने उनीहरुलाई यस्तो जीवनका लागि समयनै मिल्दैन्। जब उनीहरुलाई आफ्नो चीज गर्ने मौका नै मिल्दैन् तब उनीहरुलाई विवाह गरेमा पछुतो हुने गर्दछ।

आफैलाई परिवर्तन गर्नु :  विवाहपछि महिलालाई धेरै सम्झौता गर्नुपर्ने हुन्छ। उनीहरुले हरेक स्थितीमा आफूलाई फिट राख्ने प्रयास गर्नु पर्ने हुन्छ। यी सबै कुरालाई लिएर कहिलेकाही दिक्क हुने हुँदा उनीहरु विवाह गरेकोमा पछुतो मान्ने गर्दछन्।

पूर्व पति वा प्रेमसँग तुलना : हुनत कहिले पनि पूर्व प्रेम वा पतिसँग तुलना गर्नु हुँदैन्। कहिलेकाही विवाहपछि महिलाका अघि विभिन्न समस्या आउने गर्दछन्, तब उनीहरुलाई महशुस हुने गर्दछन् की यो भन्दा बरु पूर्व प्रेम वा पति भएको भए राम्रो हुने थियो होला । यस्तो अवस्थामा महिला आफ्नो विवाहको फैसलामा पछुतो मान्ने गर्दछन्।

बच्चा बनाउन हतार:  विवाह गर्ने वित्तिकै युवतीमा बच्चा जन्माउने दवाब आउन सुरु हुन्छ। अरु यसका लागि युवती तयार नहोस्, तर कुनै न कुनै बहानामा उसले यो कुरा सुन्नु पर्दछ। हरेक दिन बच्चाको कुरा सुन्दा उनीहरुलाई विवाह गरेकोमा पछुतो हुने गर्दछ।