बैशाख ३०, २०८१ आईतबार

अर्धचेतन अवस्थामा भेन्टिलेटरमा रहेकी बिरामीमाथी याैन हिँसा



महिलामाथी हुने यौनजन्य हिँसाका घटना बढीरहेको समयमा आईसीयूमा अर्धचेत अबस्थामा छटपटाएकी बिरामी पनि यौनजन्य हिँसामा परेकी छन् ।

भारतको गुरुग्रामस्थित फोर्टिस अस्पतालको आइसियुमा भर्ना भएकी २१ वर्षीय क्षयरोगका बिरामीलाई अस्पतालको एक कर्मचारीले यौन हिँसा गरेका हुन् ।

अर्धचेतन अवस्थामा भेन्टिलेटरमा उपचाररत बिरामी बलात्कृत भएको बलत्कार भएको प्रहरीले जनाएको छ।

मंगलबार बिरामीलाई चेतनाआएपछि बलत्कार भएको विषयमा आफ्नो पितालाई एक हस्तलिखित पत्र पठाइन ।

परिवारका सदस्यले थाहा पाएपछि प्रहरीमा गएर बलत्कारको मुद्दा दर्ता गराएका छन ।

परिवारका सदस्यहरूको अनुसार उनलाई आइसियुको छुट्टै कोठामा उनलाई सारिएको थियो ।

सहायक प्रहरी आयुक्त उषा कुन्डुले पीडितका पिता उनलाई भेटन मंगलबार अस्पताल पुगेका बेला हातले लेखिएको सन्देश दिएर बलत्कारको कुरो बुझाउने प्रयास गरेको बताइन ।

अस्पतालले यसको आन्तरिक अनुसन्धान थालेको छ ।