बैशाख ३०, २०८१ आईतबार

आफ्नो तलवबाट जोगाएर राष्ट्रिय आविस्कार केन्द्रलाई मासिक सहयोग



न्यूयाेर्क – नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ काम गर्न शुरु गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई अमेरीका निवासी एक समाजसेवी महिलाले मासिक रुपमा सहयोग गर्ने भएकी छन् ।

अमेरीका निवासी समाजसेवी आशा गुरुङले नोभेम्बर १ तारिकदेखि महिनाको तलबबाट रू. ५ हज़ार मासिक रुपमा सहयोग गर्ने घोषणा गरेकी हुन् ।

‘आविष्कार केन्द्रलाई आशा बहिनीले दीर्घकालिन सहयोग गर्ने बाचा गर्नु भएको छ’, बेलायतबाट समाजसेवी ईशा गुरुङ्गले भनिन् ।

समाजसेवी ईशाले पनि यसअघि आफ्नो तलबबाट मासिक ५ हजार राष्ट्रिय अविस्कार केन्द्रलाई सहयोग गर्ने घोषणा गरिसकेकी छन् ।

उनीहरुले विदेशमा रहेर पनि नेपालमा बिरामी तथा असहायहरुको लागि लाखौँ संकलन गरेर सहयोग गर्दै आएका छन् ।