बैशाख ९, २०८१ आईतबार

फुटको छुट कसैलाई छैन : शान्ता चौधरी



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचेतक शान्ता चौधरीले फुटको छुट कसैलाई नभएको भन्दै सचेत गराएकी छन्।

आफ्नो पार्टी नेकपामा गुटगत विवाद चर्केको बेला चौधरीले फुटको फल राम्रो भएको नजिर पनि नभएकोले यस्तो प्रवृतिको अन्त्य गर्न आग्रह गरेकी छन् ।

‘फुटको छुट कसैलाई छैन्, फुटको फल राम्रो भएको नजिर पनि छैन’, सामाजिक सञ्चालमा आफ्नो धारणा सार्वजनिक गर्दै चौधरीले भनेकी छन्, ‘जुटको बललाई गुटको कलहले गिजोल्ने प्रवृतिको अन्त्य हुनै पर्छ ।’

उनले दुराग्रह र कुण्ठाबाट मुक्त भइ कमजोरी स्वीकार गर्न आग्रह गर्दै जनतालाई बहसको केन्द्रमा राखे एकता सहज हुने सुझाव दिएकी छन् । ‘दुराग्रह र कुण्ठाबाट मुक्त होऊँ, कमजोरी सबैले स्वीकार गरौं’, उनले सामाजिक सञ्चालमा आफ्नो धारणा सार्वजनिक गर्दै भनेकी छन्, ‘नयाँ शिराबाट नौलो एकता त्यतीबेला सहज हुनेछ, जतिबेला बहसको केन्द्रमा हुनेछ जनता ।’

उनले सम्बाद, लचकता र जनता प्रतिको जिम्वेवारी बोध गर्न आग्रह गर्दै समृद्धिको यो ऐतिहासिक अभिभाराबाट भाग्ने छुटकारा कसैलाई नभएको भन्दै सचेत बनाएकी छन् ।

‘एकता, सिद्धान्त, संगठन र जनचाहना अनुसारको समृद्धि आजको आबस्यकता हो’, उनले भनेकी छन्, ‘ घनिभूत सम्बाद, लचकता र जनता प्रतिको जिम्वेवारी बोधबाट मात्र समृद्धि सम्भव हुन्छ। समृद्धिको यो ऐतिहाशिक अभिभाराबाट भाग्ने छुटकारा कसैलाई पनि छैन।