बैशाख २०, २०८१ बिहीबार

घाँस काट्न जाँदा दुर्व्यवहार बहार, हो हल्ला गरेर जोगिइन किशोरी



रौतहट — रौतहटको चन्द्रपुरमा जंगलमा घाँस काट्न गएकको बेला दुर्व्यवहार भएपछि एक किशोरी हो हल्ला गरेर जोगिएकी छन् ।

चन्द्रपुर नगरपालिका– १ मंगलपुरका शुभराज थापाले पौराईस्थित पूर्व पश्चिम राजमार्ग सडक छेउमा पर्ने जंगलमा घाँस काट्न गएकी १६ वर्षीया किशोरीलाई दुर्व्यवहार गर्न खोजेपछि उनी होे हल्ला गरेर जोगिएकी हुन् ।

घाँस काट्दै गरेकी किशोरीलाई थापाले बल पूर्वक झाडीतिर लगेर जबरजस्ती गर्न थालेपछि किशोरीले होहल्ला गर्दा थापा भागेका थिए ।

बालिकाले परिवारका सदस्यलाई घटना बताएपछि पीडित परिवारले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । जाहेरीको आधारमा चन्द्रनिगाहपुर प्रहरीले थापालाई पक्राउ गरेको छ ।

पक्राउ परेका थापालाई रौतहट जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको डीएसपी हेमबहादुर शाहीले बताए । ‘युवतीमाथि भएको घट्नाको अनुसन्धान सुरु गरेका छौं,’उनले भने,‘स्वास्थ्य जाँच र सोधपुछ जारी राखेका छौं ।’