बैशाख ७, २०८१ शुक्रबार

फेरी घट्यो सुनको भाउ



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । दैनिक घटबढ भइरहेको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।