बैशाख ३, २०८१ सोमबार

पूर्व प्रधानमन्त्रीकी छोरी जेल पर्दा बाथरुममा समेत क्यामेरा



पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरी मरियमले इमरान खान सरकारले आफूलाय जेलमा समेत अपमान गरेको आरोप लगाएकी छिन् ।

पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) की सह–संस्थापक र सांसद समेत रहेकी मरियमले आफू जेलमा हुँदा त्यहाँको प्रशासनले बाथरुममा पनि क्यामरा राखेको आरोप लगाएकी हुन् ।

केही दिन अघि सेना र आइएसआईका अधिकारी कराँचीमा उनको होटलको कोठामा जबर्जस्ती प्रवेश गरेका थिए र मरियमका श्रीमान्लाई पक्राउ गरिएको थियो ।

एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा मरिमले पाकिस्तानको राजनीतिसँग जोडिएको महत्वपूर्ण मुद्दा र सरकारमाथिका विभिन्न प्रश्नको जवाफ दिइन् ।

उनले आफूले साँचो कुरा गर्ने हो भने (सरकार र प्रशासन) को अनुहार देखाउन लायक नहुने बताइन्।

‘मलाई सरकारले दुई पटक जेल पठाउँदा एक महिलालाई कस्तो तरिकाले व्यवहार गरिन्छ यदि मैले त्यहाँको स्थितीबारे कुरा गरेँ भने अचम्म लाग्छ’ उनले भनिन्, ‘इमरान, यो याद राख कि यदि पाकिस्तान होस् वा संसारा अन्य कुनै मुलुकमा महिला कतै पनि कमजोर छैनन् ।’

मरियमले एक महिलालाई उनको पिताको अगाडिबाट पक्राउ गरि उनीमाथि दुर्व्यवहार गर्नु लाजमर्दो भएको बताइन्। ‘यदि एक पूर्व प्रधानमन्त्रीकी छोरी र सांसद पाकिस्तानमा सुरक्षित छैनन् भने को महिला सुरक्षित होलान्’, उनले भनिन् ।

उनका पीता नवाज शरिफ आजकाल लण्डनमा उपचार गराइरहेका छन् । त्यहाँबाट भिडियो कन्फरेन्सिङमार्फत् उनले थुप्रै राजनीतिक र्याली सम्बोधन गरेका छन् र सेनामाथि गम्भीर आरोप लगाए । मरियमले पनि स्पष्ट तरिकाले भनिन्, ‘सेनाको काम सीमामा हिफाजत गर्नु हो, राजनीति गर्ने होइन । ’अन्तर्वार्तामा एक प्रश्नको जवाफमा मरियमले भनिन्, ‘सेनासँगको कुराकानीमा कुनै समस्या छैन । तर सबैभन्दा पहिला इमरान सरकारले राजिनामा दिनुपर्छ । उनी कसको कारणले सत्तामा छन्, यो सबैलाई थाहा छ ।’