बैशाख ११, २०८१ मंगलबार

इतिहास निर्माण गर्ने दायित्व बाट नभागौं : शान्ता चाैधरी



कमरेडहरु, प्रतिनिधि सभा बिघटन हुनु निकै नै दु:खद कुरा हो ! तर प्रतिनिधि सभा विघटन हुने बाध्यकारी अबस्थामा पुर्‍याउनु र नेकपालाइ बिभाजनमा हुत्याउन खेल खेल्नु तत्कालिन रुपमा मात्रै होइन दिर्घकालिन रुपमा समेत देश र जनताको हितमा छैन। कमीकमजोरी केलाउनु पर्छ र यो अबस्था कसरि विकास भयो भनेर सबैले आत्म आलोचना गर्नै पर्छ।

ऐतिहाँसिक रुपमा नेकपाको सरकार बनेको दिन देखि अनेकौं षड्यन्त्र गर्दै कुनै हालतमा कुनै काम पनि सजिलै संग गर्न नदिने अबस्था किन सिर्जना गरियो? सधै बखेडा झिकियो, हरेक चोटीका बैठक र भेटघाट पदका बाँडफांडका कुरामा सिमित भए। यी किन भए, हामिले आफैलाइ सोध्नै पर्छ।

राजनीतिक स्थिरताका सबाल, सैधान्तिक परिपक्वताका बहस, आर्थिक समृद्धिका कुरा, नेपाली जनताका भाग्य र भबिस्यका योजनाका बारेमा कहिल्यै बहस र छलफल भएनन्। इर्स्या, दम्भ र क्रोधले भरिएका बार्तालाप सुन्दा सुन्दा कार्यकर्ता र जनताका कान टट्टाइ सकेका थिए। यो सबै किन भयो र किन गरियो? यो कुरा नेपालि जनताले अबस्य खोज्ने छन् र इतिहाँसमा कुनै समय छानबिन हुने नै छ।

यदि हामी जिम्मेबार बन्ने हो र जनताका चाहना पुरा गर्ने तर्फ अग्रसर छौं भन्ने हो भने हामि बीचमा एकताका साथ् अघि बढ्नुको विकल्प छैन। अहिले नै पार्टी एक ढंगले फुटी सकेको छ, तर अझै बचाउन सकिने ठाउँहरु छन् र ति ठाउँहरु खोज्नु हाम्रो दायित्व हो। जनता प्रति जिम्मेबार हुने हो भने पार्टी फुटी हालेछ भने पनि फेरी जोडिनुको विकल्प छैन।

देश र जनताको काम भन्दा हरेक दिन आफ्नै पार्टीका नेताहरुको व्यक्तिगत कुरामा सम्पूर्ण समय दिनु पर्ने अबस्था सिर्जना गरि केहि कामै हुन नदिने ढंगले सरकारलाई घेराबन्दिमा राख्नु गलत थियो। महामारीको बीचमा बिगत ८ महिना देखि पार्टी अध्यक्षलाइ जसरि पनि असफल पार्ने र पार्टी र सरकारबाट गलहत्याउने नियतका साथ् भएका गतिबिधिहरु नेपाली जनताका सामु लुकाएर लुक्ने वाला छैन। आफ्नै पार्टीको सरकार बिरुद्धमा अविस्वासको प्रस्ताब लिएर जानु ठुलो ऐतिहाँसिक भुल गरिएकै हो।

तर पनि यदि हामी जिम्मेबार बन्ने हो र जनताका चाहना पुरा गर्ने तर्फ अग्रसर छौं भन्ने हो भने हामि बीचमा एकताका साथ् अघि बढ्नुको विकल्प छैन। अहिले नै पार्टी एक ढंगले फुटी सकेको छ, तर अझै बचाउन सकिने ठाउँहरु छन् र ति ठाउँहरु खोज्नु हाम्रो दायित्व हो। जनता प्रति जिम्मेबार हुने हो भने पार्टी फुटी हालेछ भने पनि फेरी जोडिनुको विकल्प छैन।

यो विषम परिस्थितिमा देश र जनता प्रतिको जिम्मेबारी बोध गरि बिशेष गरि युवा तथा दोस्रो पुस्ताका नेता कमरेडहरुलाइ द्वेष लाइ भन्दा एकता लाइ प्राथमिकता दिई अघि बढ्न आह्वान गर्दछु। लामो समय राजनीति गरेर आउनु भएको छ र अझै लामो समयसम्म राजनीतिक जीवन व्यतित गर्नै छ। देशलाइ अस्थिरतामा धकेल्ने तत्वहरुको पहिचान गरि शशक्त र एकताबद्ध शक्तिको निर्माणमा कुनै हार नमानी अघाडी बढ्नु हामी सबैको दायित्व हो। अहिलेको अबस्थाबाट देशलाइ मुक्ति दिनु पनि हाम्रै दायित्व हो। आउनुहोस खुल्ला हृदयका साथ् छलफल गरौँ, निकास निकालौं र इतिहास निर्माण गर्ने यो दायित्व बाट नभागौ।

यो पनि पढ्नुहोस् चिसोमा शान्ताको न्यानो उपहार : मुक्त कमैया वस्तीमा कम्वल