बैशाख १४, २०८१ शुक्रबार

परस्त्रीसँग नेपाल आउने तीन जना भरतीय न्यायधीश बर्खास्त



काठमाडाैं । भारतबाट आएर नेपाली होटलमा महिलासँग आपत्तिजनक स्थितीमा भेटिएका तीन जना न्यायधीशलाई सेवाबाट बर्खास्त गरिएको छ । विराटनगरको एउटा होटलमा महिलासँग फेला परेका बिहारका तीन न्यायाधीशलाई राज्यको सामान्य प्रशासन विभागले बर्खास्त गरेको हो ।

विभागले सोमबार जारी गरेको सूचना अनुसार हरि निवास गुप्ता, जितेन्द्र नाथ सिंह र कोमल राम बर्खास्तीमा परेका छन् ।समाचार एजेन्सी पिटिआईका अनुसार त्यतिबेला हरि निवास गुप्ता परिवार न्यायालय, समस्तीपुरका प्रधान न्यायाधीश, जितेन्द्र नाथ सिंह अररियामा अतिक्ति जिल्ला न्यायाधीश र कोमल राम अररियामा अतिरिक्त न्यायाधीश– सह–मुख्य न्यायिक मजिस्ट्रेटको पदमा थिए ।

प्राप्त जानकारी अनुसार केही वर्ष अघि विराटनगरको एउटा होटलमा नेपाल प्रहरीले छापा मार्ने क्रममा उनीहरुलाई पक्राउ गरेको थियो ।

पछि उनीहरुलाई छोडिएको भएपनि मिडियामार्फत् घटना सार्वजनिक भएपछि पटना हाइकोर्टमा उनीहरुविरुद्ध अनुसन्धानको आदेश दिइएको थियो जसमा उनीहरु दोषी पाइए उनीहरुलाई बर्खास्त गर्ने सिफारिस गरिएका थियो ।

अधिकारीले यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा अपिल गरेका थिए जुन गत वर्ष खारेज गरिएको छ । यो बर्खास्ती १२ फेब्रुअरी २०१४ देखि लागू हुने र तीनै न्यायाधीश सेवानिवृत्तिपछि पाइने लाभबाट वञ्चित हुने सूचनामा जानकारी दिएको छ ।