बैशाख १३, २०८१ बिहीबार

जन्मदिन मनाउँदै गरेका पतिको हत्या, जसले मुटुको अप्रेसन गरेर बँचाएका थिए



सुन्दै अपत्यारिलो खबर, प्रेम बिबाह गरेकी एक महिलाले जन्मदिन मनाउँदै गरेका आफ्ना पतिको हत्या गराएकी छन्, त्यो पनि प्रेमी प्रयोग गरेर ।

घटना छिमेकी मुलुक भारत मध्य प्रदेशको हो । खबर अनुसार, राजस्थानको कोटामा जन्मदिन मनाउँदै गरेका पतिलाई प्रेमी पठाएर महिलाले हत्या गराएको घटना सार्वजनिक भएको छ ।

परिबारले नमान्दा नमान्दै मुटुरोगी प्रेमिका भित्र्याएका थिए, उनैले हत्या गराइन

प्राप्त जानकारी अनुसार मृतक यशपाल र आरोपी पूजा देहरादुनको एक कलेजमा सँगै अध्ययन गर्दा परिचय भएको थियो । उनीहरु प्रेममा परे । उनीहरुको बिहेको कुरा चल्यो तर युवतीको मुटुको भल्बमा खराबी भएको भन्दै परिवारले केटीलाई स्वीकारेनन् ।

तर, यशपालले आफ्नो प्रेमलाई वैवाहिक जीवनमा परिणत गर्ने भन्दै परिवारको विरुद्ध गएर विवाह गरे । पछि आफैंले सबै खर्च व्यहोरेर उनको मुटुको अप्रेशन गराए ।

अप्रेशनपछि पनि यशपालका परिवार पूजालाई घर भित्र्याउन राजी थिएनन् ।त्यसपछि उनी पत्नीका साथ इन्डोरमा बस्न थाले । पछि पत्नीले देहरादुन बस्न जिद्दि गरेपछि फेरि उनी देहरादुन फर्किए ।

प्रहरीका अनुसार देहरादुनमै बस्दा पूजा फेसबुकमा एक युवकको साथ नजिकिइन् । मित्रता बढ्दै गएपछि उनीहरु प्रेममा परे । पतिलाई उनीहरुको अवैध सम्बन्धबारे जानकारी भइसकेको थियो ।

त्यसैले प्रेमीसँग बस्नका लागि उनले प्रेमीलाई लगाएर जन्मदिनमै पतिको हत्या गराइन् । प्रहरीले दुवैलाई पक्राउ गरी घटनाको छानबिन थालिरहेको छ ।