बैशाख २७, २०८१ बिहीबार

टेक्सासमा भएको कार दुर्घटनामा नेपाली महिलाको मृत्यु



अमेरिकाको टेक्सासमा भएको कार दुर्घटनामा मृत्यु हुने महिला नेपालकी अनिता अधिकारी भएको पुष्टी भएको छ । सान एन्जेलोदेखि ८ माइल उत्तर युएस हाइवे २७७ मा भएको दुर्घटनामा अधिकारीको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

बिहिबार राती भएको दुर्घटनामा दुईवटा गाडी एक आपसमा ठोक्किएर आलो लागेको थियो । दक्षिणतर्फ जाँदै गरेको नेपालीहरु चढेको गाडी र उत्तरतर्फ गइरहेको अर्को गाडी बाटोको मध्यभागमा दुर्घटना भएको टेक्सासको जनसुरक्षा विभागले जनाएको छ ।

क्यालिफोर्निया निवासी रमेश शिलवालले पनि दुर्घटनामा मृत्यु हुने महिला अनिता अधिकारी रहेको जानकारी दिएको खसोखासले लेखेको छ।

दुर्घटनामा अनिता चढेको गाडीका चालक ४९ बर्षका विष्णुप्रसाद पौडेल अर्को गाडीमा रहेका ४५ बर्षका थाओ ली नामका व्यक्ति घाइते भएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

घाइतेको नजिकको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

अनिता केहीवर्ष पहिला काठमाडौंको सुकेधारास्थित प्लाटिनम फिजिकल फिटनेसमा काम गरेर केही वर्षदेखि अमेरिकामा बस्दै आएको पत्रकार विश्वमणी सुवेदीले बताएका छन् ।