चैत्र १६, २०८० शुक्रबार

विश्वका सबैभन्दा धनी ५ महिला, अर्बपति बन्न कसरी सफल भए ?



कुनै दिन त्यस्ता थिए, जुनबेला महिला श्रीमानसँग मागेर मात्र आफ्नो खर्च चलाउनपर्थ्याे । तर अब यस्ता दिनहरू आइसकेका छन की संसारको कुनै महिलाको नाम नभएको सबैभन्दा धनी व्यक्तिहरूको सूची नै अपुरो हुन्छ । किनभने अब महिला शक्तिले पनि विश्वव्यापी रूपमा ठूलो धनराशी कमाउँदैछ। महिला अरबपतिहरूको संख्या दिन प्रतिदिन बढ्दै जाँदा पछिल्लो रिपोर्ट अनुसार विश्वका अर्वपतिहरुमध्ये १९ दशमलव ९ प्रतिशत महिला मात्रै छन् ।

नेपाल जस्तो अहिलेपनि धेरै महिला श्रीमान वा पुरुषको कमाईमा आश्रीत हुनुपर्ने अबस्थामा विश्वमा को को महिला महिला अरबपति भए भनेर भनेर जान्ने रुची सबैको हुन्छ । त्यसैले यहाँ हामी संसारका शीर्ष ५ धनी महिलाहरूको बारेमा जानकारी दिने प्रयास गरेका छौँ ।

१. फ्रान्कोइज बेटेनकोर्ट मेयर्स

यहाँ चित्रित विश्वको धनी महिलाहरू र उनीहरूले अहिले सम्म कति कमाए भनेर जान्नका लागि पहिला फ्रान्कोइज बेटेनकोर्ट मेयर्सलाई चिन्नुपर्छ ।

फ्रान्कोइज बेटेनकोर्ट मेयर्स यो पृथ्वीका महिलामध्ये सबैभन्दा धनी महिला हुन् । सौन्दर्यका सामान उत्पादन गर्ने लोरिआल ब्रान्डकी फ्रान्सेली महिला बेटेनकोर्ट मेयर्सको कुल ७१.४ अर्ब डलर बराबर छ ।

१९९७ देखि उनी लगातार कम्पनीको बोर्ड सदस्यको रूपमा बसेकी उनी प्रख्यात मेकअप फर्मको अध्यक्ष समेत भइन्। उनको ठूलो सफलताको साथ उनी महिलाको धनि मात्र होइन, विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीमा नै १५ औं स्थानमा छिन् ।

सन् २०१७ को सेप्टेम्बरमा ९४ वर्षको उमेरमा आमाको निधन भएपछि ६५ वर्षीया बेटेनकोर्ट मेयर्समा उक्त सम्पत्तिको स्वामित्व सरेको हो ।

दुवै आमाछोरी वर्षौ पहिला एकअर्कासँग छुट्टिएका थिए र सन् २००७ मा उनीहरूबीच विवाद सुरु भएको थियो । आमाको स्वास्थ्यस्थिति बिग्रिँदै जाँदा सहयोगीहरूबाट आफ्नी आमामाथि शोषण भएको भन्दै बेटेनकोर्ट मेयर्सले सहयोगीविरुद्ध मुद्दा हालेकी थिइन् ।

यद्यपि, उनको मृत्युअघि मेलमिलाप मार्फत् सो मुद्दालाई टुंग्याइएको थियो । बेटेनकोर्ट मेयर्स एक प्राज्ञ पनि हुन् र उनले ग्रिक देवताहरूका बारेमा र यहुदी–इसाईका सम्बन्धबारे पुस्तकसमेत लेखेकी छन् ।

२. एलिस वाल्टन

६८ दशमलव ३ अर्ब डलरकी मालिक एलिस वाल्टन संसारको शीर्ष धनी महिलाहरुमा दोस्रो हुन् । उनी अमेरिकी सुपरमार्केट वालमार्टका संस्थापक साम वाल्टनकी एक्ली छोरी हुन् ।

यद्यपि, उनी पारिवारिक कम्पनीबाट निस्केर कलामा केन्द्रित भइन् र अर्कान्ससस्थित क्रिस्टल ब्रिज्स म्युजियम अफ अमेरिकन आर्टकी प्रमुख बनिन् । जसको सयौँ लाख डलर मूल्य पर्ने कलाकृतिको ठूलो संग्रह छ । विश्लेषकहरुका अनुसार उनको भाग्य कहिल्यै समाप्त हुँदैन किकी उनी पनि विश्वका अर्बपतिहरुमाको सूचीमा १६ औं स्थानमा छिन्।

३. म्याकेन्जी स्कट

सन् २०२० को शीर्ष दश धनी महिलाहरूको सूचीमा तेश्रो नम्बरमा रहेकी म्याकेन्जी स्कट अमेजनका संस्थापक जेफ बेजोसकी पूर्व पत्नी हुन् । कुल ५८.१ अर्ब डलर बराबरको सम्पत्ति रेही उनी ५० वर्षकी महिला हुन् ।

सन् १९९३ मा उनले जेफ बेजोससँग बिहे गरेकी उनले बिहे गरेको एक वर्षपछि एमेजनको स्थापना भयो। एमेजनमा लेखापालको रुपमा जागिर थालेकी मक्केन्जी एमेजन कम्पनीमा काम गर्ने पहिलामध्येकी एक कर्मचारी थिइन् ।

बिहेको २५ वर्षपछि सन् २०१९ सम्बन्ध हुँदा जेफ बेजोसले आफ्नो अमेजनको २५ प्रतिशत हिस्सेदारी सेटलमेण्टका रुपमा म्याकेन्जीमा हस्तान्तरण गरे जुन कम्पनीको लगभग ४ प्रतिशत हिस्सा हो । उनी विश्वका धनि महिलाहरुको सूचीमा त छिन नै, साथै उनी पनि एक पुरस्कार विजेता लेखक हुन्। उनका दुईवटा आख्यान पुस्तक छापिएका छन् । उनलाई प्रशिक्षित गरेका लेखक टोनी मोरिसनले मक्केन्जी आफ्ना राम्रामध्येकी शिष्य भएको बताउँछन् ।

उनी विश्वका धनिहरूकाे सूचिमा २२ औं स्थानमा छिन् ।

४. जुलिया कोच

लगभग ४४.९ अर्ब डलर को कुल सम्पत्ति भएकी जुलिया कोच बर्षको शीर्ष १० धनी महिलाहरूको सूचीमा चौंथो नम्बरमा छिन् । कोच उद्योगमा उनी र उनको परिवारको ४२ प्रतिशत हिस्सेदारी छ।

उनले सो हिस्सा उनको स्वर्गीय पति डेभिडबाट प्राप्त गरेकी थिइन् जसको अगस्ट २०१९ मा ७९ वर्षको उमेरमा मृत्यु भयो।
आयोवाका स्थानीय, कोच १९९० को न्यु योर्क शहरमा बसाई सरेपछि फेशन डिजाइनर एडोल्फोको सहयोगीको रूपमा काम गर्न थालिन् ।

धेरै उच्च प्रोफाईल ग्राहकहरुसँग काम गरेकी कोचले प्रथम महिला न्यान्सी रेगनसँग पनि काम गरेकी छन् ।

स्वर्गीय पति डेभिड र उनको १९९१ मा भेट भएपछि ६ महिना एकअर्कालाई पछ्याए । त्यसपछि डेटिङ्ग गर्न थालेका उनीहरुले १९९६ मा विवाह गरेका थिए ।

सामाजिक सेवामा पनि लागेकी उनले उनका श्रीमानसँगै माउन्ट सिनाई मेडिकल सेन्टरमा १० करोड डलर र स्ट्यानफोर्डको बाल अस्पतालमा १० करोड डलर खाद्यान्नको एलर्जी (खानामा अन्तर्निहित पदार्थको एलर्जी प्रतिक्रिया) अध्ययन गर्न सहयोग गरेकी छिन्।

उनी विश्वका धनिहरूकाे सूचिमा २६ औं स्थानमा छिन् ।

५. याङ्ग हुयान

घर जग्गाको लागि अत्यन्त लोकप्रिय चिनियाँ कम्पनी गार्डेन होल्डकी मालिक याङ्ग हुइयान (वाइ हुइयान) विश्वकी पाचौँ धनी महिला हुन् ।

गार्डेन होल्ड कम्पनीमा ७५ प्रतिसत हिस्सेदारी रहेकी उनलाई बुबामार्फत उक्त सेयर हस्तान्तरण भएको हो ।

उनले ओहायो राज्य विश्वविद्यालयबाट स्नातक गरे। तर उनको भाग्य र कडा परिश्रमले उनलाई कुल २० अर्ब डलर बनायो। उनी अब विश्वको सातौं धनी महिला हुन्। उनका बुबा याङ्ग गुओगियांगले सन् १९९७ मा रियलस्टेट कम्पनी कन्ट्री गार्डेन स्थापना गरेका थिए । पछि सन् २००७ मा ७० प्रतिशत सेयर छोरीहरुका नाममा ट्रान्स्फर गरेका थिए । याङ्ग कन्ट्री गार्डनको बोर्डको उपाध्यक्ष छिन भने कम्पनीमा उनकी कान्छी बहिनी जियाङ्ग पनि सञ्चालक छिन् ।

आईपीओ जारी गर्नुअघि सम्म कम्पनीको पूँजी करिब १.६ अरब डलर थियो, जुन अमेरिकामा २००४ मा गुगलले कमाएको नाफा बराबर हो । पछि उनले ४१० करोड डलर बराबरको सेयर बेचेर नाफा बढाएकी छन् ।

उनी अध्यक्ष रहेको अर्को चिनियाँ शिक्षा कम्पनी ब्राइट स्कलर एजुकेशन होल्डिङ्ग सन् २००७ मा न्यु योर्क स्टक एक्सचेन्जमा सार्वजनिक भएको थियो । जुन कम्पनीमा उनकी काकी याङ्ग मेइरोङको पनि हिस्सेदारी छ, जो सन् २०१७ मा फोब्र्सले सार्वजनिक गरेको चीनको धनि व्यक्तिहरुको सूचिमा परेकी थिइन् ।

यांगले ओहायो स्टेट विश्वविद्यालयबाट डिग्री हासिल गरेकी ३८.७ अर्ब डलरकी मालिक उनी विश्वका धनिहरूकाे सूचिमा ३८ औं स्थानमा छिन् ।