बैशाख १, २०८१ शनिबार

एसिड कान्डकी रेनु अब फिल्ममा



थिएटर कलाकार रेनु याेगी अब फिल्म खेल्ने भएकी छन् । निर्देशक दिनेश राउतको निर्देशनमा फागुन दोस्रो साताबाट छायांकन सुरु हुन लागेको फिल्म ‘प्रकाश’ बाट उनी ठूलो पर्दामा डेब्यू गर्न लागेकी हुन् ।

‘एसिड कान्ड’ नामक वृत्तचित्रमा काम गरिसकेकी थिएटर कलाकार रेनुले हालसम्म १० वटाभन्दा बढी नाटक, छोटो फिल्म रछन् । रेनुले सन् २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नामक नाटक खेलेकी थिइन्।

रेनुको प्रस्तुति राम्रो भएको र फिल्मलाई आवश्यक पात्रमा ‘फिट हुने भएकाले उनलाई फिल्ममा लिन लागेको निर्देशक दिनेश बताउँछन्। उनी भन्छन्, ुरेनुको प्रस्तुति र क्यारेक्टर मिल्ने भएकाले सिनेमामा लिएका हौं।ु उनलाई कास्टिङ निर्देशक अनुप बरालले अडिसनमार्फत छनौट गरेका हुन्।

जुम्लामा छायांकन हुने फिल्म ुप्रकाशु ४५ दिनमा छायांकन सक्ने तयारी गरिएको छ। बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन्। यसको कथा विकास सुवेदीले लेखेका छन् भने निर्देशन दिनेशले गर्दैछन्।