बैशाख १८, २०८१ मंगलबार

हिंसा पीडित बालिकालाई मनिषा कोइरालाले पढाउने



याैन हिंसामा परेकी बालिकालाई मनिषा कोइरालाले पढाउने जिम्मा लिएकी छन् ।

शुक्रबार राजधानीमा आयोजित महिला हिंसा विरोधी कार्यक्रम ‘मिसन जननी जयते’मा कोइरालाले बलात्कार पीडित पाँच बर्षिया बालिकालाई सहयोग गर्ने घोषणा गरेकी हुन् ।

ती बालिकालाई निःशुल्क शिक्षा र आर्थिक सहयोग गर्ने उनले बताएकी छन् ।

केहि समय अघि नेपाल–भारतबीच सीमा विवादको मुद्धामा नेपालको पक्षमा खुलेर लागेकी अभिनेत्री कोइाराला भारतीय मिडियाको निशानामा परेकी थिइन्। हाल स्वदेशमै रहेकी अभिनेत्री कोइराला सामाजिक कार्यमा व्यस्त छन्।