बैशाख १४, २०८१ शुक्रबार

उद्यमशिलतामा उत्कृष्ट नेपालका १२ महिला : जसले न्यूबिज विजनेश वुमन अवार्डस् प्राप्त गरे



नेपालका उद्यमशिलतामा उत्कृष्ट १२ जना महिलाहरुलाई न्यू बिजनेश एज प्रालिले सम्मान गरेको छ । न्यू बिजले र्‍याडिसन होटेलमा ‘न्यूबिज विजनेश वुमन समिट एन्ड अवार्डस्’ कार्यक्रम गरेर १२ जना महिला उद्यमीलाई सम्मान गरेको हो ।

न्यू बिजले कंचनजंघा चिया इस्टेटकी प्रबन्ध निर्देशक शान्ता बास्कोटा कोइरालालाई ‘वुमन आन्टरपे्रनर अफ दि ईयर २०२१’ अवार्डबाट सम्मान गरेको छ । यस्तै, होटल अन्नपूर्णकी कार्यकारी निर्देशक सृृजना राणालाई ‘बिजनेस वुमन अफ द ईयर २०२१’ अवार्डबाट सम्मान गरिएको छ । साल्ट ट्रेडिङ कर्पाेरेशनकी प्रमुख कार्यकारी अधिकृत -सीईओ_ उर्मिला श्रेष्ठलाई ‘इन्फ्लुन्सल बिजनेश वुमन अफ दि ईयर २०२१’ अवार्डबाट सम्मान गरिएको छ ।

यसैगरि किरण शुज म्यानुफ्क्चरर्सकी ब्रान्डीङ तथा विजनेश डेभलपमेण्ट निर्देशक विदुषी राणलाई ‘क्यारिज्म्याटिक वुमन अफ द इयर २०२१’ मल्ल होटेलकी अध्यक्ष महाराजकुमारी रमा राणा मल्ललाई ‘लाइफटाइम अचीवमेन्ट अवार्ड’ बाट सम्मान गरेको छ ।

यस्तै न्यू बिजले प्रत्येक प्रदेशबाट १/ १ जना उत्कृष्ट महिला उद्यमीलाई पनि सम्मान गरेको छ । न्यू बिजले ‘इर्मजिङ इन्टरप्राइजीङ वुमन अफ दि ईयर २०२१’ अवार्डबाट सातै प्रदेशबाट एक/एक जना उत्कृष्ट महिला उद्यमीलाई सम्मान गरेको हो ।

त्यसमा प्रदेश नम्बर १ बाट विराटनगरको चम्पा सु सेन्टरकी प्रोपाइटर चम्पा नेपाललाई सम्मान गरिएको छ । यस्तै, प्रदेश नम्बर २ बाट बिरगन्जस्थित मिथिला हाउस प्राइभेट लिमिटेडकी प्रोपाइटर तृष्णासिङ भण्डारीलाई सम्मान गरिएको छ ।

यसैगरि बागमति प्रदेशबाट रिजाल पलास्टीक उद्योग भक्तपुरकी प्रोपाइटर चन्द्रकला बास्कोटा, गण्डकी प्रदेशबाट वुमन्स स्कील डेभलपमेन्ट सेन्टर पोखराकी संस्थापक रामकली खड्का र लुम्बिनी प्रदेशबाट कोथी हिमाल अल्लो कपडा उद्योग प्युठानकी प्रोपाइटर चित्रकली बुढामगरलाई सम्मान गरिएको छ । कर्णाली प्रदेशबाट भवानी छापाखाना सुर्खेतको मालिक हिमा कुमारी उपाध्याय र सुदुर पश्चिम प्रदेशबाट बि पोलीटेनिक इन्स्युच्यूट धनगढीकी प्रबन्ध निर्देशक हिरा भण्डारीलाई सम्मान गरिएको छ ।

न्यू बिजनेश एजले गत बर्षको मार्चमा नै यो कार्यक्रम गर्ने तयारी गरेको थियो । तर कोरोना महामारीका कारण त्यसबेला उक्त कार्यक्रम स्थगित गरिएको थियो । यो कार्यक्रम दुई भाग गरि सञ्चालन गरिएको थियो । यसको पहिलो चरणको कार्यक्रम भने गत वर्ष नै सम्पन्न भइसकेको थियो । दोस्रो चरणको कार्यक्रम मात्र कोरोनाका कारण स्थगित गरिएको हो ।

पहिलो चरणको कार्यक्रम अन्तरगत देशका बिभिन्न भागका व्यवसायिक महिलाहरूका लागि पूर्ण दिन प्रशिक्षण कार्यक्रम गरेको थियो । विराटनगर, विर्तामोड, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ़, बुटवल, सुर्खेत, धनगढीमा उद्यमशीलता र वित्तीय साक्षरतामा आयोजित गरिएको थियो । कार्यक्रमहरुमा करीव २ हजार व्यक्तिहरु सहभागी भएका थिए ।

यी कार्यक्रमहरूमा महिला उद्यमीहरूले ती स्थानहरूमा कार्यरत विभिन्न बैंक र वित्तीय संस्थाका प्रतिनिधिहरू, व्यवसाय क्षेत्रसँग सम्बन्धित नियमन प्राधिकरणका प्रतिनिधिहरू र स्थानीय सरकारी निकायका प्रतिनिधिहरूसँग कुराकानी गर्ने अवसर पनि पाएका थिए । शुक्रवारको कार्यक्रम भने दोस्रो चरण अन्तरगतको कार्यक्रम हो । अन्तिम कार्यक्रमको पहिलो भागमा महिला समिट आयोजित गरिएको थियो । त्यसमा विभिन्न क्षेत्रका अग्रणी व्यावसायिक महिला र व्यक्तित्वहरुले महिला उद्यमशीलता पवद्र्धन, नीति र अभ्यास सम्बन्धी शीर्षकको प्यानल छलफलमा पनि भएको थियो । अर्को अंश पुरस्कार वितरण समारोह हो ।

सोही कार्यक्रममा नै उत्कृष्ट महिला उद्यमीलाई अवार्ड दिइएको हो ।कोरोना जोखिम कायमै रहेका कारण स्वास्थ्य सुरक्षा मापदण्डहरु पालाना गरेर उक्त कार्यक्रम गरिएको हो ।

महिला उद्यमशिलतालाई लिएर न्यू बिजले गरेको यो पहिलो कार्यक्रम हो । यस कार्यक्रमलाई स्ट्यान्डर्ड चार्टड बैंक नेपालले शीर्षक प्रायोजक गरेको थियो । साथै, मुक्तिनाथ बिकास बैंकको सहयोगमा आयोजित यस कार्यक्रममा मेडिकल पार्टनरका रूपमा स्टार अस्पताल रहेको छ ।

उक्त समारोहमा नेपाल चेम्बर अफ कमर्स एन्ड इंडस्ट्री (एफएनसीसीआई), महिला उद्यमी संघ नेपालको संघ (एफडब्ल्यूईईएन) र नेपाल राष्ट्र बैंक (एनआरबी) का सहयोगी साझेदारको रूपमा उपस्थित थियो। यस्तै निम्बस समूह (ब्यञ्जन), सीताराम गोकुल मिल्क्स, प्रोग्रेसिभ फाईनान्स, रिलायबल लाईफ ईन्स्योरेन्स, जनरल इन्स्योरेन्स, मेरिगोल्ड ज्वेलर्स र अग्नि ग्रुप पनि उक्त कार्यक्रमलाई सहयोग गरेका छन् । आधिकारिक टिभी प्लेटफर्म थियो । उक्त कार्यक्रमलाई सम्बन्धीत १० ओटा जिल्लाका चेम्बर तथा उद्योगहरुले पनि सहयोग गरेका थिए । यस्तै, यस कार्यक्रमको अफिसियल टीभी प्लाटफर्म डिसहोम रहेको छ ।