बैशाख १३, २०८१ बिहीबार

सक्छौ भने बलात्कारीलाई चिडियाखानामा राख, सरकार : पम्फा भुसाल



काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृ पम्फा भुसालले सरकारले सक्ने भए बलात्कारीलाई चिडियाखानामा राख्न सुझाव दिएकी छन्।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागीरथी भट्टको बुधबार बलात्कारपछि हत्या भएको प्रसंग उल्लेख गर्दै नेतृ भुसालले त्यस्ता अपराधीलाई चिडियाखानामा राख्न सुझाव दिएकी हुन् ।

शुक्रबारमात्रै गृहमन्त्री राम बहादुर थापा बादलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै चिडियाखानामा राख्ने चेतावनी दिएका थिए । त्यसको जवाफ स्वरुप भुसालले यस्तो जवाफ फर्काएकी हुन् । ‘फेरी बैतडीमा बी भत्स घटना, १७ बर्षिय भागीरथी भट्ट विद्यालयबाट घर फ़र्किन पाइनन् । बलात्कारको सीकार र बीभत्स ह त्या भएको छ’, सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेकी छन्, ‘अपराधीलाई कडा कारबाही गर । सक्छौ भने चिड़ियाखान राख सरकार ।’

दोगडाकेदार–३ स्थित सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा पढ्ने भट्टकाे बीभत्स अवस्थामा श व भेटिएपछि स्थानीले बलात्कारपछि हत्या भएकाे बताएका छन् ।

बुधबार बिद्यालयबाट नफर्केपछि खाेजी गर्ने क्रममा लवलेक जंगलमा बीभत्स अवस्थामा श व भेटिएको बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए ।

विद्यालयबाट फर्कंदा उनको घर पुग्न २० मिनेट पैदल दूरी बाँकी रहेको अबस्थामा खोचलेक–गिरेगडा ग्रामीण सडकबाट करिब ५० मिटर तल झाडीमा उनकाे शव फेला परेकाे थियाे । बीभत्स अवस्थामा शब भेटिएको भागीरथीको बलात्कारपछि हत्या भएको आशंका आफन्त र स्थानीयले गरेपनि प्रहरीले घटना पोस्ट मार्टम रिपोर्ट आउन बाँकी रहेको डीएसपी अधिकारीले बताए । मृत्यु शंकास्पद भएकैले काठमाडौंबाट विशेष प्राविधिक टोली, प्रदेशबाट एसएसपी जनकराज पाण्डेको टोलीसँगै तालिमप्राप्त कुकुर सहितको टोली घटनास्थलमा खटिएको छ ।

कपडा च्यातिएको अवस्थामा भेटिएको उनको शरीरका भित्री कपडामा रगत लागेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै भागीरथीले प्रयोग गर्ने मोबाइल र बोकेको झोला भेटिएको छ भने मृत क को शरीरमा दाँतले टोकेका घाउ र अन्य चोटपटक पनि छन् ।

विद्यालयबाट फर्कँदाको घटना यस्तो छ

बुधबार बिहान १० बजे विद्यालय गएकी भागीरथी २ बजे पढाइ सकिएपछि साथीसँगै घर फर्किएकी थिइन् । विद्यालयबाट करिब ७ मिनेटको पैदल दूरीमा रहेको खोचलेक बजारसम्म घरनजिकैका आफन्त विद्यार्थीका साथै फर्केको भएपनि साथी कपाल काट्न रोकिएपछि उनी एक्लै घरतिर लागेको सनातन माविका प्राचार्य बलदेव नाथले बताए ।

विद्यालयदेखि घरसम्म करिब १ घण्टाको पैदल दुरी रहेको भागीरथीको घर जाने बाटोमा जंगलको केही भाग पर्छ । त्यसपछि उनको पछि को लागेको थियो भन्नेबारेमा देखेको जानकारी दिने कोही नभएको प्राचार्य नाथले बताए ।

तर किशोरीको बला त्कारपछि हत्या भएको भन्दै दोगडाकेदारका विद्यार्थी र स्थानीयले शुक्रबार दोषी पक्राउको माग गर्दै प्रदर्शन गरेको थिए। उनीहरूले खोचलेकमा नाराबाजी गर्नुका साथै महाकाली लोकमार्गमा चार घन्टा आवागमन अवरुद्ध पारेका थिए । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । ‘हामीले छानविन सुरु गरेका छौं । छिट्टै सत्यतथ्य सार्वजनिक गरिहाल्छौं,’ डीएसपी अधिकारीले भने ।