बैशाख ८, २०८१ शनिबार

ठूलो बाढीका कारण कम्तीामा २४ जनाको मृत्यु



रबात – अत्यधिक ठूलो बाढीका कारण मोरक्कोमा कम्तीमा २४ जना मजदुरको मृत्यु भएको छ । उनीहरू सबै कपडा कारखानामा काम गर्ने मजदुरहरू रहेकाे बताइएकाे छ ।

देशको उत्तरतर्फ पर्ने तान्गीरमा सोमबार आएको बाढीमा परेर अबैध रुपमा सञ्चालन गरिएको भूमिगत कपडा कारखानामा काम गर्नेहरुको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । घटनास्थलबाट उद्धारकर्मीहरूले अरु १० जनलाई उद्धार गरेर स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरेका छन् ।

बाढीको समयमा सो भवनमा कति जना थिए भन्ने कुरा पूर्ण रूपमा जानकारीमा नरहेकाेले  उद्धारकर्मीहरू अझै घटनास्थलमै रहेकाे र अनुसन्धान सुरु गरिएको जनाइएकाे छ ।

मोरक्कोले हालैका दिनहरुमा वर्षाको भइरहेको छ । त्यहाँ प्राय अवरुद्ध तथाराम्रोसँग मर्मत गरिएको नालीहरु प्रसस्तै रहेकोले बाढीले धेरै क्षती पु¥याएको बीबीसीले जनाएको छ ।

सञ्चारमाध्यमहरुका अनुसार पछिल्लो केहि दिनयता कारहरु पूर्ण रूपमा पानीमा डुबेका र घरका बेसमेण्ट (जमिनको सतहभन्दा मुनिको भाग) मा पानी भरिएको भिडियोहरु सार्वजनिक भएका छन् ।

बाढीका कारण भित्र फसेकाहरू मध्ये धेरैलाई डोरीको सहायताले बाहिर निकालेर स्थानीयले बचाएको एएफपीको समाचारमा उल्लेख छ ।बाढीमा फसेर मृत्यु हुनेहरुमा सबै २० देखि ४० वर्ष उमेर समूहरुका रहेको एकजना सरकारी अधिकारीले बताएका छन् । मोरक्कोको कपडा र छालाको उद्योग अनौपचारिक कारखानाहरुमा अधिक निर्भर रहेका छन्, जहाँ श्रमिकहरू असुरक्षित तरिकाले काम गर्न बाध्य छन् ।