बैशाख २५, २०८१ मंगलबार

ताप्लेजुङमा ५ दशलव ४ रेक्टर स्केलको भूकम्प



काठमाडौं । ताप्लेजुङमा आज बिहानै भूकम्प गएको छ । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा केन्द्रविन्दु भएर बिहान ७ बजेर ३५ जाँदा ५ दशलव ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

भूकम्पको केन्द्रविन्दु भएको ओलाङचुङगोला चीनसँगको सिमाना हो । भूकम्पको धक्का भने जिल्लाको सदरमुकाम र अन्य क्षेत्रमा पनि महसुस भएको थियो ।

ताप्लेजुङ आसपासको क्षेत्रमा घरहरु हल्लिएको भए पनि भूकम्पका कारण कुनै क्षति भयाे वा भएन भन्ने विषयमा कुनै  यकिन विवरण भने नआएका जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।