चैत्र ३०, २०८० शुक्रबार

बलिउड अभिनेत्री दिया मिर्जाले आज दाेस्राे बिहे गर्दै



बलिउड अभिनेत्री दिया मिर्जाले व्यवसायी वैभव रेखीसँग बिवाह गर्न लागेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले आज (फ्रेबुअरी १५) विवाह गर्न लागेकी हुन् ।

विवाहमा परिवारका सदस्य र नजिकका साथीहरु मात्रै सहभागी हुने बताइएको छ। उनीहरु केही समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ। वैभव मुम्बईका एक व्यापारी हुन्। उनी मुम्बई बान्द्राको पालीहिल क्षेत्रमा बस्छन्। यो उनको दोश्रो बिवाह हो ।

दियाको पहिलो विवाह सन् २०१४ मा साहिल सांगासँग भएको थियो। उनीहरु विवाहको पाँच वर्षपछि सन् २०१९ मा छुुट्टिएका थिए। त्यतिबेला दियाले सामाजिक सञ्जालमार्फत आफूले साहिलसँग सम्बन्ध वि’च्छेद गरेको जानकारी गराएकी थिइन्।