चैत्र १६, २०८० शुक्रबार

नेपाल राष्ट्रबैंकमा पहिलो महिला डेपुटी गभर्नर



काठमाडौं । निलम ढुङगाना तिम्लसिना नेपाल राष्ट्र बैंकको डेपुटि गभर्नरको पदमा पुग्ने पहिलो महिला भएकी छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ढुङगाना र बम बाहदुर मिश्रलाई डेपुटि गभर्नर नियुक्त गरेको हो ।

ढुंगाना सार्वजनिक ऋण ब्यवस्थापन विभागकी कार्यकारी निर्देशक मिश्र र विदेशी विनियम व्यवस्थापन विभागका कार्यकारी निर्देशक थिए ।दुई डेपुटी गर्भनर सहित अनुसन्धान विभागका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्ट र अर्थमन्त्रीका आर्थिक सल्लाकार तथा लघुबित्त बित्तीय संस्था सुपरिवेक्षण बिभागका कार्यकारी निर्देशक डा. प्रकासकुमार श्रेष्ठ सहित ४ कार्यकारी निर्देशकको नाम डेपुटी गर्भनरका लागि सिफारिस भएको थियो ।

फागुन १८ गते चिन्तामणी सिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल सकिएपछी ति पदहरु खाली भएका थिए । नेपाल राष्ट्र बैंक ऐनअनुसार गर्भनरले नेपाल राष्ट्र बैंकको १७ विभागका प्रमुखहरु मध्येबाट ४ कार्यकारी निर्देशकको नाम  सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

गर्भनरले पठाएको नामका आधारमा अर्थमन्त्रीले उक्त नामलाई मन्त्रिपरिषद बैठक समक्ष पेस गरेपछी मन्त्रिपरिषदले २ जना डेपुटी गभर्नर नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ।