बैशाख १२, २०८१ बुधबार

ज्योति लाइफको आईपीओ दिउँसो १२ः३० बजे बाँडफाँट हुने (यसरी हेर्नुहाेस्)



काठमाडाैं । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा आज दिउँसो साढे १२ बजे बाँडफाँट हुने भएको छ । उक्त कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार दिउँसो १२ः३० शेयर बाँडफाँट हुने भएको हो ।

फागुन २१ गते देखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले शेयर वितरण गर्दा ५ लाख ९४ हजार जनाले शेयर पाउनछन् ।

कम्पनीको आइपीओमा पछिल्लो तथ्यांक अनुसार १८ लाख ४ हजार ६४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता आइपीओ खरिदको लागि आवेदन परेको छ ।

त्यस अनुसार करिब ६७ प्रतिशत अर्थात करिब १२ लाख १० हजार जनाले शेयर नपाउने देखिन्छ । हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । सर्वसाधारणलाई आईपीओ वितरणपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

आईपीओको नतिजा भने तीनवटा वेबसाइटबाट मात्र हेर्न मिल्ने प्रबन्ध मिलाएको सीडीएस एण्ड क्लियरीङ्ग लिमिडेट (सीडीएससी)ले जनाएको छ ।

तीन मध्ये एउटा सम्बन्धित निष्कासनकर्ता कम्पनी ज्योति लाईफको वेबसाइट https://jyotilife.com/ मा हेर्न सकिन्छ ।  दोश्रो निष्कासन तथा बिक्री प्रबन्धक अर्थात एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/ मा पनि नतिजा हेर्न सकिन्छ । तेस्रोमा सीडीएससीको छुट्टै वेब पोर्टल https://iporesult.cdsc.com.np/ मा पनि हेर्न किने जनाइएकाे छ ।