चैत्र १६, २०८० शुक्रबार

घाँस काट्न गएका ७ जना बेपत्ता, २ जना १० वर्षका बालिका



महोत्तरीको भंगहा– ८ धरमपुरमा घाँस काट्न गएका ७ जना बालिका तथा युवती सम्पर्कविहीन भएका छन्। मंगलबार महोत्तरीको भंगहा नगरपालिका वडा नं. ८ धर्मपुर पासमान टोलका ५ जना किशोरी र २ बालिका बेपत्ता भएका हुन् ।

सम्पर्क विहीन हुनेहरुमा वडा नं. ८ निवासी बद्री पासमानकी १८ वर्षीया छोरी अस्मिता पासमान, विष्णु पासमानकाी छोरी १३ वर्षीया छोरी ज्योती पासमान, अरविन्द पासमानकी १२ वर्षीया छोरी अर्चना पासमान, विजय पासमानकी १४ वर्षीया छोरी रंजना पासमान, ज्ञानकुप पासमानकी १५ वर्षीया छोरी रिया पासमान, कृष्ण पासमानकी १८ वर्षीया छोरी नगिना पासमान र देवनन्दन पासमानकी १० वर्षिया छोरी सिमा पासमान रहेका छन् ।

बिहान गाउँ नजिकै वडा नं. ९ अजगेवा चौरी क्षेत्रमा घाँस काट्न गएका उनीहरु साँझसम्म पनि घर नफर्किएपछि खोजिकार्य सुरु भएको थियाे।

प्रहरीमा जानकारी आउनासाथ प्रहरी र स्थानियको सक्रियतामा उनीहरुको खोजबिन गरिएपनि हालसम्म अवस्था पत्ता लाग्न  नसकेकेकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले  बताए ।

‘विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको छ, उनीहरुको अवस्था के छ भन्ने सम्बन्धमा ठ्याक्कै अहिले केही भन्न सकिने अवस्था छैन, खोजि कार्य जारी छ,’ एसपी आचार्यले भने ।