जेष्ठ १, २०८१ मंगलबार

कोभिड विरुद्ध सांसदको पहल : ४ करोडको अक्सिजन प्लान्ट, ९० सिलिन्डर 



 काठमाडाैं । संघीय सांसद निरूदेवी पालको पहलमा महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने भएको छ । अस्पतालको २ सय शैय्याका लागि पुग्ने गरि अक्सिजन प्लान्ट जडान गर्नका लागि ४ करोड बजेट बिनियोजन भएको पालले बताइन् ।

‘महाकाली अस्पतालमा छिट्टै २०० शैय्यालाई पुग्ने अक्सिजन प्लान्ट जडान गर्नका लागि ४ करोड बजेट बिनियोजन भइसकेको कुरा अवगत गराउन चाहन्छु’, उनले फेसबुकमा लेखेकी छन्, ‘धन्यवाद अर्थ मन्त्री ज्यू, स्वास्थ्य मन्त्री ज्यू अर्थ सचिव ज्यू  र स्वास्थ्य सचिव ज्यूलाई र ६ बजे सम्म अफिसमै बसेर काम गरिदिने अर्थका उपसचिव केशव उप्रेती जी लाई।’

यस्तो विषम परिस्थितिमा जनताको हित लाई ध्यान दिनु हामी सबैको कर्तव्य भएको भन्दै उनले सबैलाई धन्यवाद दिएकी छन् । 

प्लान्ट जडान गर्न केही समय लाग्ने भएकोले सांसद पालले तत्कालका लागि बाँके जिल्लामा ९० वटा सिलिन्डर पठाएकी छन् ।  २ वटा गाडीमा आज ति सिलिन्डर पठाइएकोले रातभरमा पुग्ने उनको भनाई छ । भोलि देखि दैनिक ७५ वटा सिलिन्डर प्रमुख जिल्ला अधिकारीको सिफारिसमा महाकाली अस्पताल लाई उपलब्ध हुने उनले बताएकी छन् ।