चैत्र १५, २०८० बिहीबार

हरेक वडामा ‘लेडिज फस्ट’ कार्यक्रम सञ्चालन गर्ने अर्थमन्त्रीको घोषणा



काठमाडौं । सरकारले महिला शशक्तिकरणमा विशेष जोड दिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् प्रत्येक वडामा ‘महिला पहिला कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेका छन् ।

‘प्रत्येक वडामा महिला नेतृत्व संयन्त्र विकास गरी महिलाहरुको क्षमता विकास गरिने छ ।

आर्थिक र सामाजिकरुपले सक्षम तुल्याउन महिलालाई प्राथमिकता दिने गरी ‘महिला पहिला कार्यक्रम’ सञ्चालन गरिने छ,’ संसदमा शुक्रबार प्रस्तुत गरिएको प्रतिस्थापन विधेयकमा भनिएको छ ।