बैशाख ३, २०८१ सोमबार

सुनीता बराल बनिन् अनेरास्ववियूको अध्यक्ष



नेकपा एमाले समर्थित विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा सुनीता बराल चयन भएकी छन् ।

शनिबार शनिबार ललितपुरको च्यासलमा बसेकाे संगठनकाे केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्ष चयन गरेको हो ।

बैठकले उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल लाई चयन गरेको छ ।

केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले युवा भएकाले अहिले आफ्नो पहिचान स्थापना र क्षमता निर्माणमा लाग्नुपर्ने बताएका थिए।