बैशाख ३, २०८१ सोमबार

ग्लोबल आइएमई बैंकको ८.५० प्रतिशत डिवेन्चर नेप्सेमा सूचीकृत



ग्लोबल आइएमई बैंकको ८.५ प्रतिशत ग्लोबल आइएमई बैंक डिवेन्चर २०८६/८७ ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत भएको छ । १० वर्ष अवधि रहेको यस ऋणपत्रमा वार्षिक ८.५० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको ६/६ महिनामा ब्याज प्रदान गरिने बैंकले जानकारी दिएको छ ।

यस ऋणपत्रलाई रेटिङ्ग एजेन्सी इक्रा नेपाल लिमिटेडले [ICRANP-IR] A  रेटिङ्ग प्रदान गरेकोे छ । यस रेटि¨ले ऋणपत्रमा गरिएको लगानीमा जोखिम अत्यन्तै न्युन रहेको जनाउँदछ ।

ग्लोबल आईएमई बैंक लिमिटेडको रेटिंगलाई पनि रेटि¨ एजेन्सी इक्रा नेपाल लिमिटेडले हालै [ICRANP-IR] A- बाट[ICRANP-IR] A मा स्तरवृद्धि गरेको थियो । यस ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले लगानीमा जोखिम अत्यन्तै न्युन रहेको रेटिङ प्रदान गरेको छ ।

बैंकको पर्याप्त तरलता तथा पूँजी कोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत कार्यालय सञ्जाल, स्वस्थ ब्याज आम्दानी तथा आय विवरण, सञ्चालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदि जस्ता तथ्यको आधारमा ग्लोबल आइएमई बैंक तथा यसले जारी गरेका ऋणपत्रको रेटिङमा स्तर वृद्धि भएको हो ।

बैंकले २८० शाखा, २५० एटीएम, २५७ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाख बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।