चैत्र १५, २०८० बिहीबार

एमाले केन्द्रीय समितिमा पहिलोपटक ३३ प्रतिशत महिला सहभागिता



काठमाडाैं – नेकपा (एमाले)को केन्द्रीय समितिमा पहिलोपटक ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको छ । चितवनमा सम्पन्न दशैं महाधिवेशनबाट पदाधिकारीमा २ सहित केन्द्रीय समितिमा २२ प्रतिशत महिला निर्वाचित भएका हुन् ।

महाधिवेशनबाट पदाधिकारीमा २ महिला चुनिएका छन् । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा पद्मा अर्याल निर्वाचित भएका हुन् ।

३०१ सदस्यीय केन्द्रीय कमिटीमा पनि ३३ प्रतिशत महिलाको उपस्थिति सुनिश्चित भएको छ । उनीहरू अधिकांश निर्विरोध निर्वाचित भएका थिए भने केही निर्वाचनमार्फत केन्द्रीय कमिटीमा पुगेका हुन् ।

नवौं महाधिवेशनबाट पदाधिकारीमा२ जना महिला निर्वाचित भएका थिए । विद्यादेवी भण्डारी र अष्टलक्ष्मी शाक्य नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । नवौं महाधिवेशनबाट एमालेको केन्द्रीय कमिटीमा ३० जनामात्रै महिलाको उपस्थिति थियो ।