चैत्र १६, २०८० शुक्रबार

महिला सदस्यमा देउवाकै वर्चस्व, मधेसी महिलामा ‘क्लिन स्विप’



कांग्रेस महाधिवेशनमा १४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । महिलातर्फ खुला ९ जना र मधेशी महिलातर्फ ४ जना र अल्पसंख्यक १ जना निर्वाचित भएका हुन् ।

महिलातर्फ डिला संग्रौला (२८८५), पुष्पा भुसाल (२७१८), आरजु राणा देउवा (२५३६), अम्बिका बस्नेत (२३३९), ईश्वरी न्यौपाने (२२५९), सरिता प्रसाईं (२०९६), रमा कोइराला पौडेल (१८५८), सुशीला ढकाल आचार्य (१८०४) र रंगमती शाही (१७८९) निर्वाचित भएका छन् ।

तीमध्ये प्रसाईं कोइराला प्यानलबाट र अरू सबै देउवा प्यानलबाट निर्वाचित भएका हुन् ।

त्यस्तै ‘मधेसी महिला’तर्फ मुक्ताकुमारी यादव ३ हजार ९ सय ६९ मत ल्याएर पहिलो स्थानमा निर्वाचित भएकी छन् । यस्तै मिनाक्षी झा ३ हजार १२, मन्जुकुमारी यादव २ हजार ८ सय ८३ र नागिना यादव २ हजार ८ सय ४६ मत ल्याएर विजयी भएकी छन् । उनीहरु चारै जना देउवा समूहका हुन् ।

अल्पसंख्यकतर्फ देउवा समूहकै प्रदीपकुमार सुनार (२१७१) मत ल्याएर निर्वाचित भएको केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।