जेष्ठ २, २०८१ बुधबार

तीन पालिका प्रमुखमा महिलाको उम्मेदवारी



वालिङ, । स्याङ्जामा तीन पालिका प्रमुख–अध्यक्षमा महिलाको उम्मेदवारी परेको छ । आसन्न स्थानीय तहको र्वाचनमा जिल्लाका ११ पालिकामध्ये पुतलीबजार नगरपालिका, अर्जुनचौपारी र कालीगण्डकी गाउँपालिकाको ध्यक्षमा महिलाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिनुभयो ।

पुतलीबजार नगर प्रमुखमा पुनः सीमाकुमारी क्षेत्री, अर्जुनचौपारी अध्यक्षमा चीनमाया गुरुङ र लीगण्डकीको अध्यक्षमा माया रानाले उम्मेदवारी दिनुभएको हो ।

नेकपा ९एमाले०बाट पुतलीबजार प्रमुखमा उम्मेदवारी दिनुभएकी क्षेत्री यसअघिको निर्वाचनमा पनि नगरप्रमुख हुनुहुन्थ्यो । अर्जुनचौपारीको अध्यक्षमा उम्मेदवार दिनुभएकी गुरुङ यसअघिको निर्वाचनमा एमालेबाट उपाध्यक्षमा विजयी हुनुभएको थियो ।

कालीगण्डकीको अध्यक्षमा उम्मेदवारी दिनुभएकी राना कांग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।सअघिको निर्वाचनमा जिल्लाको पुतलीबजार नगरपालिकामा एमालेबाट क्षेत्रीले उम्मेदवारी दिई विजयी हुनुभएको थियो भने यसपटकको निर्वाचनमा अन्य दुई पालिका प्रमुखमा महिला थपिएका छन् ।

पालिका उपप्रमुख, वडाध्यक्ष, वडा सदस्यमा पनि महिलाको उत्साहजनक उम्मेदवारी परेको मुख्य निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ । पाँच नगरपालिका र छ गाउँपालिका रहेको जिल्लामा ९७ वडा छन् ।

कूल ५०७ जनाका लागि जिल्लामा तेब्बर बढीको उम्मेदवारी परेको छ । विभिन्न राजनीतिक दलबाट जिल्लामा एक हजार ५४७ जनाको उम्मेदवारी परेको छ ।

यसमा पालिका प्रमुख–अध्यक्षमा ६७, उपप्रमुख– उपाध्यक्षमा ५०, वडाध्यक्षमा ३५१, खुला सदस्य ५८०, महिला सदस्य २६५ र दलित महिला सदस्य २३४ गरी कूल एक हजार ५४७ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो ।