चैत्र १५, २०८० बिहीबार

कसरी लगाउने लिपस्टिक ?



ओंठको सौन्दर्यका लागि लिपस्टिक प्रयोग गरिन्छ । यो युवतीहरुको अनिवार्य सौन्दर्य साधन हो । अन्य मेकअप नगर्ने युवतीहरु समेत लिपस्टिक चाहि प्रयोग गर्न रुचाउँछन् तर, लिपस्टिक कसरी प्रयोग गर्ने रु यसको सहि विधी जान्न सके थप आकर्षक देखिन्छ ।

स्क्रब गरौं : लिपस्टिक लगाउनुअघि आफ्नो ओंठलाई हल्का स्क्रब गरौ, ताकि ओंठको मृत कोशिकााबट छुटकारा मिल्न सकोस् । यसले लिपस्टिक ओंठमा राम्ररी लाग्छ र ओंठको प्राकृतिक रंगसँग मिल्छ पनि ।

लिप बामको अधिक प्रयोग नगरौ : ओंठको मोश्चराइज गर्नु ठीक हो । तर लिप बामको धेरै प्रयोग ठीक हुन्न । यसले लिपस्टिकलाई तपाईको ओंठमा लामो समय टिक्न दिदैन । बरु, ओंठमा लिप बामलाई हल्कासँग मात्र लगाउने र त्यसको दश मिनेटपछि लिपस्टिक लगाउने ।

ओंठलाई तयार गरौ : कतिपयको ओंठ पिग्मेन्टेड हुन्छ । लिपस्टिकको सहि शेड ओंठमा देखिदैन । त्यसैले ओंठमा प्राइमरको प्रयोग गर्नु उचित हुन्छ । प्राइमर लिपस्टिकलाई लामो समयसम्म टिकाउँछ । साथै फैलनबाट पनि बचाउँछ ।

लिप लाइनरको प्रयोग : हामी जान्दछौ कि, लिप लाइनरको काम हो लिपस्टिकलाई ओंठको भित्र बनाउने । तर, यसलाई ओंठमा लगाउँदा लिपस्टिक लामो समयसम्म टिक्छ ।

पाउडरको प्रयोग : के तपाईको लिपस्टिक अक्सर बग्छ रु त्यसो हो भने यसलाई सहि ढंगले सेट गर्नुपर्छ । त्यसका लागि ओंठमा पारदर्शी वा लुज पाउडर लगाउनु पर्छ । त्यसपछि पुन एक पत्र लिपस्टिक लगाउनुहोस् ।

दाँतमा लिपस्टिक लाग्नबाट बच्ने : दाँतमा लिपस्टिक लाग्नु हुँदैन । त्यसका लागि एउटा राम्रो काइदा छ । लिपस्टिक लगाइसकेपछि एक औंलालाई मुखभित्र राखेर ओंठ खोल्ने र बन्द गर्ने । ओंठमा लगाएको अतिरिक्त लिपस्टिक औंलामा आउँछ ।

ब्रसले लगाउने : स्टिकलले लिपस्टिक लगाउँदा संभवत यो ओंठको किनार र क्रीजलाई कभर गर्दैन । त्यसैले लिप ब्रसको प्रयोग सहि हुन्छ । यसले ओंठ सुन्दर देखाउँछ । ब्रसको मद्दतले किनारमा पातलो लिपस्टिक लगाउन सकिन्छ ।