बैशाख ८, २०८१ शनिबार

कसरी गर्ने गर्मीमा सौन्दर्यको ख्याल ?



फेसियल स्क्रब गर्दा छालामा जमेको मृत कोषिका निस्कन्छ र छाला सफा एवं निखारयुक्त देखिन्छ । यद्यपि पटक-पटकको प्रयोगले छालामाथि भएको सुरक्षा पत्र सुख्खा र र्‍यासेजयुक्त बन्दछ । फेसियल स्क्रबका कारण छालामा चमक सिर्जना गर्ने प्राकृतिक तैलीय ग्रन्थि पनि निस्कने गर्दछ ।

के गर्ने ?

आवश्यकताभन्दा धेरै स्क्रब गरेर छाला बिगि्रएमा सबैभन्दा पहिले केही समयका लागि यसको प्रयोग तुरुन्तै बन्द गर्नुपर्छ । स्क्रबबाट छालाको काटिएको-फाटिएको कोषिकालाई पहिलेकै अवस्थामा आउन तथा प्राकृतिक तैलीय ग्रन्थिलाई पुनः सक्रिय हुन दिनुपर्छ । यस अवधिमा सुगन्धरहित क्लिन्जिङ मिल्क र मोइस्चराइजर प्रयोग गर्नुपर्छ । यस्तो ब्युटि प्रोडक्टको चयन गर्नुपर्छ जसमा रेटिनाइड र अल्फा हाइड्रोक्सी एसिड जस्ता तत्व होस् । यस्ता एसिडमा छालाको मृत कोषिका निकाल्ने तथा छालालाई पुनर्जीवित गर्ने गुण पाइन्छ ।

ध्यान दिनुपर्ने कुरा

यस्तो स्क्रब लगाउनुपर्छ, जसमा मसिना थोप्ला होस् । ठूला थोप्ला भएका स्क्रब, बडी स्क्रबिङका लागि राम्रो हुने गर्छ । बडीमा पनि एपि्रकट र वालनट स्क्रब १० दिनको अन्तरालमा नै प्रयोग गर्नुपर्छ । त्यसो त होममेड स्क्रबभन्दा राम्रो अरू स्क्रब हुँदैन । यसलाई हरेक तेस्रो दिनमा प्रयोग गर्न सकिन्छ । छालाको प्रकारलाई ध्यानमा राख्नुपर्छ । छाला तैलीय छ भने जौको पिठोमा मुल्तानी माटो, पुदिनाको रस र कागतीको रस मिसाएर लगाउनुपर्छ । घामबाट प्रभावित वा सुख्खा छालाका लागि जौको पिठोमा दही मिसाएर लगाउनुपर्छ । यसमा महको केही थोपा पनि मिसाउन सकिन्छ ।

फुटस्क्रव

प्युमिक स्टोन गोली गाँठोबाट मृत कोष निकाल्न सहयोगी हुने गर्छ । आवश्यकभन्दा बढी गाढेर स्क्रेपर रगड्नाले संक्रमण हुने आशंका रहन्छ । यो स्थानको छाला पनि धेरै संवेदनशील हुने गर्छ । यस्तो स्थितिमा छाला कोरिने, बारम्बार फुट्ने र ब्लिस्टर जस्ता समस्या देखा पर्नसक्छन् ।

के गर्ने ?

गोडा नराम्रोसँग फुट्ने र रगत समेत देखा पर्ने समस्या छ भने एन्टिसेप्टीक क्रिम लगाउनुपर्छ । यसो गर्दा इन्फेक्सनको डर रहँदैन । समस्या राम्रोसँग ठीक नहुन्जेल पेडिक्योर गर्नु हुँदैन, तातो वाक्स पनि हाल्नुहुँदैन ।

ध्यान दिनुपर्ने कुरा

प्युमिक स्टोनलाई प्रयोग गरेपछि सुख्खा राख्नुपर्छ । चिसै छोडिए ब्याक्टेरिया सजिलै मौलाउँछ । स्टेनलेस स्टील स्क्रेपर प्युमिक स्टोनको तुलनामा बढी प्रभावकारी तथा सफा गर्न सहज हुन्छ । सातामा एक पटक गोलीगाँठो माथिको छालालाई पानीले भिजाएर डेड सेल सहजै निकाल्न सकिन्छ । त्यसपछि खुट्टालाई सुकाएर फुट क्रिम लगाउनुपर्छ । अल्फा हाइड्रोक्सी एसिडयुक्त फुटक्रिम बढी लाभदायक हुन्छ । यसको प्रयोगले छालामा मृत कोष जम्न कम हुन्छ ।

भोल्युमाइजिङ प्रोडक्ट

भोल्युमाइजिङ मुज, जेल तथा स्प्रेले कपाल बाक्लो त देखिन्छ तर यसबाट कपालमा दुष्प्रभाव पर्छ । यसमा भएको अल्कोहलले कपलाको प्राकृतिक कोमलता कम हुनुका साथै केही समयपछि कपाल हल्का हुने गर्दछ ।

के गर्ने ?

हप्तामा एक पटक क्लियरिफाइङ क्लियर स्याम्पु लगाउनुपर्छ । केही यस प्रकारको स्टाइलिङ टि्रक्स अँगाल्नुपर्छ, जसबाट कपाल बाक्लो हुन्छ । अल्कोहल फ्रि र वाटर वेस स्टाइलिस प्रोडक्ट अँगाल्नुपर्छ ।

ध्यान दिनुपर्ने कुरा

हिनाजस्ता होममेड प्याकबाट कपाललाई हल्का भोल्युम दिनुपर्छ । यसबाट कपाल कन्डिस्नर गरिएको देखिन्छ । यसलाई धेरै लामो समयसम्म प्रयोग गर्नाले वा १० दिनमा एक पटक प्रयोग गर्नाले कपालमा सुख्खापन आउनसक्छ तसर्थ १५ देखि २५ दिनको ग्याप राखेर मात्र प्रयोग गर्नु राम्रो हुन्छ ।

ब्लिचिङ

सबै प्रकारको ब्लीचमा पेराक्साइड हुन्छ जसले छाला र दाँतलाई तुरुन्तै सफा गर्दछ । धेरैजसोले डेन्टिस्टकहाँ जाने झन्झट बेहोर्नु भन्दा टीथ ह्वाइटनिङ किट ल्याउँछन् तर कति समयको फरकमा प्रयोग गर्ने भन्ने थाहा हुँदैन । यसैगगरी स्कीन ब्लीचका लागि पनि ब्लिचिङ किनेर ल्याइन्छ तर कति अन्तरालमा प्रयोग गर्ने होे थाहा हुँदैन । मनलागी ढंगले प्रयोग गर्छन् ।

छाला विशेषज्ञहरूका अनुसार ब्लीच कम समयको अन्तरालमा प्रयोग गर्नाले छाला सुख्खा हुने समस्या बढ्छ । छालामा यस प्रकारका रासायनिक उद्यपादन सकेसम्म कम प्रयोग गर्नुपर्छ ।

के गर्ने ?

पोटासियमयुक्त टुथपेस्टको प्रयोग गर्नुपर्छ । कागती र महजस्ता नेचुरल ब्लीचिङलाई बराबर मात्रामा मिसाएर नियमित अन्तरालमा लगाउन सकिन्छ । १५ मिनेटपछि अनुहार पखाल्नुपर्छ ।

ध्यान दिनुपर्ने कुरा

टीथ ब्लीचको जथाभावी प्रयोग गर्दा दाँत पूर्ण रूपले खराब हुनसक्छ । तसर्थ यस्ता पदार्थ कम प्रयोग गर्नुपर्छ जसबाट दाँतको रंग प्रभावित हुन्छ । काँचो बेसार, अनारको रस, गोलभेँडा, कोला तथा चियाकफी बढी मात्राम सेवन गर्नु दाँतका लागि उपयुक्त हुँदैन ।