चैत्र ३०, २०८० शुक्रबार

यी हुन् महिलाले थाहा पाउनैपर्ने क्यान्सरका सुरूवाती लक्षण



काठमाडौं । क्यान्सर अहिले विश्वमा मानिसहरूको मृत्यु धेरै हुने रोगहरूमध्येको एक रोग हो । क्यानेडियन अमेरिकन क्यान्सर सोसाइटीका अनुसार यो क्यानाडामा हुने सबै मृत्युमध्ये ३० प्रतिशत मृत्युको लागि म्मेवार छ, जुन अन्य कुनै पनि रोगका कारण हुने मृत्युमध्ये धेरै हो ।

क्यानाडामा डिम्बाशयको क्यान्सरका नयाँ केसहरू करिब २८ सयको संख्यामा पाइएको छ भने १७ सय ५० को मृत्यु हुने गर्छ । उता, २०१६ मा अमेरिकामा २२ हजार नयाँ केसहरू देखिएका थिए, जसमध्ये तथा १४ हजार २ सय ४० को मृत्यु भएको थियो ।

डिम्बाशयको क्यान्सर के हो ?

जब डिम्बाशयमा कोषिकाहरू घातक ट्युमरमा परिणत हुन्छ, तब क्यान्सर उत्पन्न हुन्छ । यो प्रकारको क्यान्सरलाई साइलेन्ट किलरको संज्ञा दिइन्छ ।

किनभने यसको खासमा लक्षण अनुभव गर्न सकिँदैन र पत्ता लगाउन पनि कठिन हुन्छ ।हुन त यस्तो रोग रजश्वला रोकिएका महिलाहरूमा हुने आम समस्या हो ।

तर, यो ४० तथा ३० उमेरका तथा अझ युवा उमेरका महिलामा पनि देखिन थालिएको छ । बेलायतमा रिएको एक अध्ययनमा जति चाँडो यस्तो रोग पत्ता लाग्छ, त्यति बाँच्ने सम्भावना बढी हुन्छ ।

त्यसैले शरीरको हेरचाह तथा डाक्टरलाई नियमित परीक्षण गराउनु महत्वपूर्ण पक्ष हो । अहिले विश्वमा कुनै पनि एक भरपर्दो परीक्षण विधि छैन । धब्बा परीक्षण विधिले घातक अल्सर पहिचान गर्न सक्दैन र सीए १२५ रक्त परीक्षणले प्रायः नेगेटिभ परिणाम दिन्छ ।

अर्को विषय के छ भने धेरै लक्षणहरू अर्को रोगसँग मिल्दोजुल्दो भएर गलत आकलन गरिने सम्भावना हुन्छ ।नयाँ अध्ययनले सुरुवाती अवस्थाको डिम्बाशयको क्यान्सरका केही संकेत तथा लक्षहरू देखाएको छ र महिलाले यसबारेमा यसबारेमा सावधान हुनुपर्छ ।

लक्षणहरू

निरन्तर सुन्निनु यदि तपाईंले लगातार सुन्निएको पाउनुभयो भने र यो प्रायः तीन हप्ताभन्दा बढी हुन्छ, जुन यसअगाडि हुँदैनथ्यो भने क्यानसर हुने ट्युमर बढिरहेको छ भन्ने संकेत हो ।

तल्लो पेट दुख्ने तल्लो पेट, पेल्भिक क्षेत्र, तल्लो पिठ्युँजस्ता स्थानहरू रजश्वला अवधिमा दुख्नु सामान्य हो । तर, त्यसपछि पनि अर्को तीन हप्तासम्म दुखिरहन्छ भने त्यो डिम्बाशयको क्यान्सरको लक्षण हो । रजश्वला नरोकिएका महिलाले ध्यान दिनुपर्ने यो महत्वपूर्ण कुरा हो ।

खान गाह्रो र थोरै खाएपछि अघाएको महसुस गर्ने यदि तीन हप्तासम्म लगातार निकै नै भोक कम लाग्ने भएमा पनि यसले पनि क्यान्सरको संकेत गर्न सक्छ ।

पिसाब बढी लाग्ने पानीको सेवन मात्रा नबढाए पनि यदि पिसाब धेरै लाग्छ भने तपाईंमा सुरूवाती स्वरूपको डिम्बाशयको क्यान्सर हुन सक्छ ।

यी सबै लक्षणहरू कहिलेकाहीँ सजिलै तथा प्रायः पाचन नलीसँग सम्बन्धित समस्या भनेर झुक्किने गरिन्छ । यदि तपाईं आफूले यस्तो लक्षण महसुस गरिरहनु भएको छ, जो यसअगाडि थिएन भने यो कति पटक र कति लगातार हुन्छ, अनुगमन गर्नुपर्छ । यदि तीन हप्ताबाट बढी हुँदैन भने डाक्टरलाई भेटिहाल्नु होला । डिम्बाशयको क्यान्सरको परीक्षण गर्नुहोला ।