कार्तिक ६, २०८१ मंगलबार

यस्ता ६ गुण भएका युवती ज्यादै लक्षणकी ठहरिन्छिन्



एजेन्सी । मानिस जो पनि गुणवती नै बन्न खोज्छ । जे का लागिपनि गुणवती नै खोजिन्छ । बाल्मिकी रामायणको एक प्रसंगमा रावणको अशोक वाटिकामा त्रिजटासँग माता ‘सीता’ भन्छिन्, ‘मेरो अंग लक्षण यस्तो छ कि, मेरा पतिको राज्याभिषेक निश्चित प्रायः छ, उहाँ सम्राट बन्नुहुन्छ ।

’ सीतासँग त्यस्तो के लक्षण थियो रु जसले भगवान श्रीराम राजा बन्ने निश्चितप्रायः थियो । आउनुस् हामी धार्मिक ग्रन्थहरुमा उल्लेख भएका महिलाका केही त्यस्ता शुभ गुणहरुको बारेमा जानकारि दिँदैछौं, जसले उनको पति सम्पन्नशाली हुने भन्ने संकेत गर्छ ।पैंतालामा कमलको चिह्न भएकी महिलाको पति राजा वा राजाजस्तै शक्तिशाली र उच्च पदमा आसिन हुन्छ ।

साथै संवृद्ध र धनाढ्य हुन्छन्, पनि भनिएको छ ।धनुषाकार तथा सुन्दर आँखीभौं भएकी महिलाको पतिको जस्तोसुकै दुर्भाग्य पनि सौभाग्यमा बदलिन्छ ।मोतिजस्ता दाँत भएकी महिलाको पति समाजमा शक्तिशाली र प्रभावपूर्ण व्यक्तित्व कहिलन्छन् ।

चिल्लो र गोलो नङ भएकी महिलाको पति इज्जतदार, धनी र खुसी रहन्छन् ।महिलाको गोरो रंग र मखमली रोमले इशारा गर्छ, यी स्त्रीको पति सबै दृष्टिकोणबाट सुखी र सम्पन्न छन् ।कालो, पातलो र सुन्दर कपाल भएकी महिलाको पति भाग्यशाली हुन्छन् ।