जेष्ठ ३, २०८१ बिहीबार

बेसहारा दृष्टिविहिन आमा छोराको सहारा बने थापा



गुल्मी । पर्वत जिल्लाको जल्जला गाउँपालिका वडा नं ४ की मनकुमारी रेग्मीले विगत ३० वर्ष यहाँ दुबै आँखाको ज्योति गुमाईन् । भत्किन लागेको घरमा उनको सहारा बनेका छन् ४८ वर्षीय छोरा ओम प्रसाद रेग्मी । तर बिडम्बना उनी पनि दृष्टिविहिन हुन् ।

अँध्यारो सन्सार भित्र उज्यालो खोज्दै बाँचिरहेका यि आमा छोरा अभाव र बेसहारा बनि बाँचिरहेका छन् । दुबैले आँखा नदेख्ने भएपछि कमाएर ल्याउने घरमा कोही छैनन् । उनीहरुको सहारा भनेकै एकअर्का हुन् ।

जन्मदा एउटा आँखाले देख्ने उनका छोराले भने २४ वर्षको उमेरपछि दुबै आँखाले देख्न छाडे । थोरै बारी अदियामा दिएका छन् त्यसबाट उब्जाउ हुने अन्न १ महिना पनि खान पुग्दैन् । अभाव र पीडाका बीच बाँचि रहेका छन् यी आमा छोरा ।

यी बेसहारा आमा छोराका लागि समाजसेवी लिल बहादुर थापाले सहयोग गरेका छन् । बाँकेको खर्जुरा गाउँपालिका घर भई हाल अमेरीकामा रहेका थापाले उनीहरुका लागि खाद्यान्न,लत्ताकपडा लगायतका सामाग्री सहयोग गरेका हुन् ।

दृष्टिविहिन आमा छोराको अवस्थाबारे आफुले भिडियो हेरेपछि थोरै भएपनि राहत होस भनेर सहयोग गरेको सहयोगी लिल थापाले बताए । थापाले उनीहरुका लागि आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्थानीय स्वास्थ्यकर्मी सरस्वती बोहोराले सहयोगी दृष्टिविहिन आमा छोराको दयनीय अवस्था देखेर सहयोग गरेकोमा सहयोगी थापा प्रति धन्यवाद व्यक्त गरिन् । उनले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्दै समाजसेवी थापाले गरेको सहयोगले उनीहरुलाई निकै राहत मिलेको बताईन् ।