चैत्र १६, २०८० शुक्रबार

टिकटकमा सम्बन्ध विच्छेदको कुरा गरेकी महिलाकाे ११ सय किमि टाढाबाट आएर पतिले गरे हत्या



शिकागो। सामाजिक सञ्जाल टिकटकमा सम्बन्ध विच्छेदको विषयमा कुरा गरेकी एक महिलाको पतिले हत्या गरेका छन् ।

अमेरिकाको शिकागोमा पाकिस्तानी-अमेरिकी महिला सानिया खाँनले पतिसँग सम्बन्ध विच्छेद गर्ने विषयमा आफ्ना अनुभुतिसहित जानकारी दिएकी थिइन । उनको टिकटक हेरेपछि ११ सय किलोमिटर टाढाबाट आएर पतिले सानियाको हत्या गरेको बीबीसीले जनाएको छ ।

यो घटना अघिल्लो महिनाको हो । टिकटकमार्फत सम्बन्ध विच्छेदको कुरा गरेर उनी शिकागोबाट टेनसी जाने तयारीमा थिइन् । तर उनका ३६ वर्षका पति राहेल अहमदले ११ सय किलोमिटर टाढाबाट आएर सानियाको गोली हानेर हत्या गरेको खबरमा उल्लेख छ ।

मारेपछि अहमदले आफैलाई पनि गोली हानेको प्रहरीले जनाएको छ । सानिया र राहेलले ५ वर्षको प्रेम सम्बन्धपछि सन् २०२१ मा विहे गरेर सँगै बस्न थालेका थिए । तर बीचमा सम्बन्धमा दरार आएपछि दुवैले छुट्टिने निर्णय गरेका थिए । तर औपचारिक रुपमा सम्बन्ध विच्छेद भने भएको थिएन ।